२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

दसैं

कान्तिपुर संवाददाता

सहरमा सुनसान छ गाउँभरि चहलपहल,टीका थाप्न गाउँ पुग्छन् छाडी सहरको महल  ।

पल्टन छाडी लाहुरेहरू
स्कुल छाडी केटाकेटी,
खुसी साट्छन् आपसमा
गाउँघरमा भेटी ।

बालबच्चा वृद्धवृद्धा
विदेश हुने जति सबै
जम्मा भए एकै ठाउँमा,
हर्ष छायो जताततै ।

पिङमा मख्ख केटाकेटी
घरघरमा पाक्छ सेल,
छुट्टिई टाढा हुने सबको
दसैं आउँदा हुन्छ मेल ।

क्षितिज्मा गुरुङ, कक्षा–६
बालोदय मावि, बालाजु, काठमाडौं

प्रकाशित : आश्विन १२, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?