२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

छुवाछुत हटाआौ

बटुवा : पानी खान देऊ आमै तिर्खा लागिराछ, बटुवा हुँ बाटो हिँड्ने घर मेरो टाढा छ  ।

छुवाछुत हटाआौ

आमा : पानी खान दिउँला तर जात भन पहिले,
कसको छोरा, कसको नाति सोधिराछु मैले ।
बटुवा : गाउँभरिको लुगा सिउँछु नाउँ दमाई कान्छा,
बजार लगी लुगा बेच्छु कमाइ केही हुन्छ ।
आमा : दलित रहेछौ बाबु तिमी, समाजले खोज्छ निहुँ,
नछोई भाँडा टाढैबाट लौ पानी तिमी पिऊ ।
बटुवा : अरूजस्तै मान्छे हुँ म रगत बग्छ रातो,
पानी खाने भाँडो छुँदा किन जान्छ सातो ?
मागी खान्नँ, ठगी खान्नँ आफैं कमाउँछु,
समाजबाट छुवाछुत हटे मात्र रमाउँछु ।

आर्यन अधिकारी
मिल्सबेरी स्कुल, कक्षा ५

प्रकाशित : आश्विन ५, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?