१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

केटा र केटी कसरी छुट्टिन्छ ?

विद्यार्थी भाइबहिनीले कक्षाका विषयगतबाहेक अन्य पुस्तकहरू कत्तिको पढ्ने गरेका छौ ? ज्ञान बढाउन अन्य पुस्तक पनि पढ्नुपर्छ  । यस्ता पुस्तकले धेरै कुरा सिकाउँछ  ।

केटा र केटी कसरी छुट्टिन्छ ?

कतिपय पुस्तकले विषयगत पढाइलाई पनि सहयोग गर्छ । कथालयले अनुवाद गरेर प्रकाशन गरेका दुई पुस्तक ‘समाज भनेको घरहरू मात्र होइनन्’ र ‘एक्स वा वाई, केटी अथवा केटा’ ले धेरै कुरा सिकाउँछ ।


‘समाज भनेको घरहरू मात्र होइनन्’ पुस्तकमा जेनिफेर मोर–म्याल्लिनोस गस्टाबो मजालीको चित्रांकन राम्रो छ । पुस्तकमा घर, उद्यान, पुस्तकालय, हरीचौकीलगायत धेरै कुरा मिलेर समाज बन्छ भन्ने बुझाउन खोजिएको छ । सबैले आआफ्नो ठाउँबाट लागि परे असल समाज बनाउन सकिन्छ भन्ने सन्देश कथाले दिएको छ । आकर्षक चित्रले कथा पढ्न प्रेरित गर्छ । पुस्तकको उद्देश्य साना बाबुनानीलाई आफ्नो समुदाय, छिमेक र छिमेकीप्रति गौरवबोध गर्न प्रोत्साहित गर्नु पनि हो । अर्को पुस्तक ‘केटी अथवा केटा’ मा मानव शरीरबारे वर्णन गरिएको छ । केटा र केटी कसरी छुट्टिएर जन्मिन्छन् भन्ने बुझाउन खोजिएको छ । विद्यालय तहको माथिल्लो कक्षामा पढाइ हुने स्वास्थ्य शिक्षाभन्दा केही फरक कुरा यो पुस्तकमा पढ्न पाइने छ । प्याट्रिक ए बियुरल (पीएचडी) ले गैरआख्यान बाल साहित्यकार नोर्बेट ल्यान्डाका साथ मिलेर लेखेको यो पुस्तकमा वंशानुक्रम र वंशवृद्धिको आश्चर्य नियाल्ने यात्रामा प्रोफेसर जिन पथप्रदर्शकका रूपमा देखा परेका छन् ।


मानिस कोषबाट बनेका हुन् । डीएनए भनेको के हो, हाम्रो शरीर के–के मिलेर बनेको छ, जिन र क्रोमोजोम भनेको के हो भन्ने पुस्तकले बुझाउँछ । यति मात्र होइन, हामी जन्मिँदा वाई र एक्स क्रोमोजोमको भूमिका के हुन्छ र कसरी केटाकेटी छुटिन्छ भन्ने जान्न पाइन्छ । जति हाम्रा जिज्ञासा हुन सक्छन्, त्यसलाई पथप्रदर्शकका रूपमा प्रोफेर जिनले सहज र सरल तरिकाले प्रस्ट पार्ने प्रयास गरेका छन् । पुस्तकमा के कारणले जुम्ल्याहा बच्चा जन्मन्छन् भन्नेबारे पनि जानकारी गराइएको छ । नबुझिने र जटिलखालका शब्दको यो पुस्तकको अन्तिम पानामा शब्दार्थको पनि व्यवस्था गरिएको छ ।
विमल खतिवडा

प्रकाशित : आश्विन ५, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?