म पनि स्कुल जाने हो

आजदेखि म पनि, स्कुलमा जाने हो,कापी–किताब राखेर, झोला पनि लाने हो  ।

बजारबाट ल्याएको, नयाँ नाना लाउने हो,
जुत्ता–मोजा लाएर, सधैं स्कुल आउने हो ।

हात–गोडा धोएर, लामा नङ काटेर,
चट्ट पर्छु म पनि, शिरमा रिबन बाटेर ।

कति राम्रा कथा छन्, नेपालीको किताबमा,
म त अझै जान्ने छु, अंग्रेजी र हिसाबमा ।

मेरी गुरुआमाले, गाउनुहुन्छ कविता,
फुरुफुरु बनेर, नाच्न थाल्छौं हामी त ।

विज्ञानको किताबमा, नौला नौला कुरा छन्,
सामाजिक पढ्दा त, कति मजा हुन्छ झन् ।

स्वास्थ्य पढ्दा जानेको, सफा हुनुपर्छ रे,
रोग लागे शरीरमा, ठूलो असर गर्छ रे ।


केआर ढकाल, शिक्षक
ज्ञानज्योति मावि, पोखरा–१६, छहरेपानी

प्रकाशित : भाद्र १, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?