३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

समय

कान्तिपुर संवाददाता

समय संसारको यस्तो चिज होजसलाई कसैले रोकेर रोक्न सक्दैनसमय जीवनको सार होसमयले कसैलाई पर्खंदैन  ।

समय


समयको जीवनमा धेरै महत्त्व छ
सबैले समयमा काम गर्ने बानी बसालौं
जो समयअनुसार हिँड्न सक्छ
त्यही मानिस सफलताको शिखरमा पुग्ने छ ।

समय कसैको साथमा रहँदैन
कसैको लोभमा पछि पर्दैन
भोलि भोलि भनी जो काम पन्छाउँछ
जीवनमा ऊ सधैं पछि पर्ने छ ।

त्यसैले साथी हो
हामी समयको सदुपयोग गरौं
समय चिनेर अगाडि बढ्न सिकौं
र भविष्यको कर्मठ व्यक्ति बनौं ।

एन्सिल शाक्य, कक्षा ः ५
जेम्स स्कुल, धापाखेल

प्रकाशित : श्रावण २६, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?