नागपूजा

कान्तिपुर संवाददाता

नागका दिन आए रेभ्यागुता उफ्री गाए रे,कुवा, ताल, इनारकुना, काप्चा किनार  ।

हावा, पानीमा घुलेका
विष तान्दै डुलेका,
ठुङ्ग ठुङ्छन् चलाए
नागको घरबार जलाए ।

चिल्ला चिप्ला मोटा छन्
कुनै लामा छोटा छन्,
जस्तो हावा, पानी छ
उस्तै रङ्ग र बानी छ ।

यिनको चित्र बनाई
मूल ढोकामा सजाई,
राख्ने हो वर्षभरि नै
सिमसिम पानी झरीमै ।

नागलाई बचाउनु
यही हो पूजा लाउनु,
ढुंगा राखी धारा छेउ
दूध, दही, खीर देऊ ।

-शान्ति सापकोटा
धोबीघाट ललितपुर

प्रकाशित : श्रावण १९, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्

बगिआयो खोला

कान्तिपुर संवाददाता

पहाडबाट छङछङ गर्दै बगिआयो खोला,बग्दाबग्दै सानो खोलाकहाँ पुग्छ होला ?

कतै छङछङ कतै सल्ल
बग्छ सानो खोला,
दिनरात बग्दा पनि
कति नथाकेको होला ?

बग्दै जाँदा अलि तल
मिल्छ उस्तै खोला,
धेरै तल पुग्दा यो त
कति ठूलो हुन्छ होला ?

हिउँदमा सानो हुन्छ
उर्लन्छ यो वर्षायाममा,
खोलाको यो पानी त झन्
प्रयोग हुन्छ कति काममा ?

-किस्मत वाग्ले, कक्षा–६
सैनिक आवासीय महाविद्यालय, पोखरा

प्रकाशित : श्रावण १९, २०७६ १०:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्