कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तरिक्षमा कति स्याटेलाइट ?

कान्तिपुर संवाददाता

स्याटेलाइटको मोनिटरिङ अस्ट्रियामा अवस्थित राष्ट्रसंघको अफिस फर आउटर स्पेस एफियर्स (यूएनओओएसए) ले गर्छ  । यूएनओओएसएका अनुसार हाल ४ हजार ८ सय ५७ वटा स्याटेलाइटले पृथ्वी परिक्रमा गरिरहेका छन्  ।

अन्तरिक्षमा ८ हजार १ सय २६ वटा वस्तु ‘लन्च’ गरिएको छ । युनियन अफ कन्सर्न्ड साइन्टिस्ट (यूसीएस) ले चालू अवस्थाको स्याटेलाइटको जानकारी राख्छ । उक्त संस्थाका अनुसार अहिले अन्तरिक्षमा १ हजार ९ सय ८० वटा चालू स्याटेलाइट छन् । बाँकी २ हजार ८ सय ७७ वटा वस्तु काम दिने अवस्थामा छैनन् ।


चालु अवस्थाका स्याटेलाइटहरू विशेष गरी सूचना, पृथ्वीको निगरानी, प्रविधिको विकास र प्रयोग, नेभिगेसन/जीपीएस, अन्तरिक्षको विज्ञान/ अवलोकन, पृथ्वीको विज्ञान अध्ययन गर्ने खालका छन् । जसमा व्यावसायिक, सरकारी, सुरक्षा र सर्वसाधारण प्रयोगकर्ताको छ । यूएनओओएसएका अनुसार ८१ वट मुलुकले स्याटलाइट प्रक्षेपण गरेका छन् । अमेरिकासँग ८ सय ५९, चीनसँग २५० र रूससँग १४६ वटा स्याटेलाइट छन् ।


स्याटेलाइटको आयु कति हुन्छ होला ? एरोस्पेस कर्पोरेसनका रकेट वैज्ञानिक जेफ ग्रुस्याङकीका अनुसार स्याटेलाइटको आयु यति नै भनेर भन्न सकिन्न । उनका अनुसार अन्तरिक्षको वातावरणमा कुनै बाहिरी प्रभाव नभए एउटा स्याटले १० देखि १५ वर्षसम्म काम गर्न सक्छ । अन्तरिक्षको वातावरण जतिबेला जे पनि हुन सक्ने भएकाले सानो प्रभावले पनि स्याटेलाइटलाई असर पुर्‍याउँछ ।

प्रकाशित : श्रावण १२, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?