१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

घुम्ती स्कुल

बिहानको ठ्याक्कै १० बजे पहेंलो रंगको बस काठमाडौंको भृकुटीचोकबाट निस्कन्छ  । र, पुग्छ– जोरपाटी थलीका सुकुम्बासी बस्तीहरूमा  ।

घुम्ती स्कुल

बस्तीका घरघरबाट बालबालिका निस्कन्छन् र चढ्छन् त्यै पहेंलो बस । थलीको राधाकृष्ण मन्दिरमा पुगेर रोकिन्छ बस । अनि सुरु हुन्छ– मन्दिरको आँगन र पीपलको रुखमुनि खुला स्कुलको पढाइ । साँझ ४ बजेपछि फेरि फर्कन्छ त्यही पहेंलो बस– तिनै बालबालिकालाई घरघरमा पुर्‍याउन ।


पढ्नका लागि विद्यालय भवन नै हुनपर्छ भन्ने मानसिकता यहाँ देखिँदैन । खेल्नका लागि सुविधायुक्त मैदान आवश्यक महसुस हुँदैन यहाँ । खुला आकाशमुनि बालबालिकाले नयाँनयाँ कुरा पढ्न पाएका छन् । सिक्न पाएका छन् । खेल्न पाएका छन् । र, रमाएका पनि छन् । पानी, हावाहुरी आउँदा बसमै वा मन्दिरभित्र ओतमा बालबालिकालाई पढाइन्छ/खेलाइन्छ ।


सुकुम्बासी बस्तीका बालबालिकालाई यसरी शिक्षा दिन थालिएको भर्खरै भने होइन । विकल्प ज्ञान तथा विकास केन्द्रले १६ वर्षअघि थालेको हो– विकल्प घुम्ती आँगन स्कुल । ‘सुरुवाती दिनमा खाजा खानकै लागि समेत बच्चाहरू आउँथे पढ्न । अहिले उनीहरूमा धेरै परिवर्तन पाएका छौं,’ घुम्ती बस स्कुलकी कार्यक्रम व्यवस्थापक सुष्मा लिम्बूले भनिन्, ‘पढाइ मात्र होइन, उनीहरूले संस्कार र सरसफाइबारे धेरै कुरा सिकेका छन् । हाम्रो उद्देश्य भनेकै बालबालिकाले आधारभूत कुरा पनि सिकून् भन्ने हो ।’ घुम्ती स्कुलमा पढ्ने बालबालिका ३ देखि १६ वर्ष उमेरका छन् । उनीहरूलाई पढाइका साथै ट्राफिक नियमदेखि ध्यानसम्मका कुराहरू सिकाइन्छ ।
शब्द/तस्बिवर : आश्रुति त्रिपाठी

प्रकाशित : असार १५, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?