२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

आहा हिमाल

कुम्भराज राई

 
नेपाल हिमालै हिमालको धनी देश हो  । नेपालभित्र ८ हजार मिटरभन्दा अग्लो उचाइ भएका १४ वटा हिमाल छन्  ।

आहा हिमाल

विश्वको सर्वोच्च शिखर सगरमाथा र तेस्रो अग्लो शिखर कञ्चनजंघा नेपालमै छन् । योपल्ट
हामी नेपालका ठूला हिमालबारे जानौं ।

६ हजार मिटरभन्दा माथि उचाइका १ हजार ३ सय १० वटा चुचुरा छन् । नेपाल आउने अधिकांश विदेशी पर्यटकको रोजाइ हिमाल हेर्ने हुन्छ । सरकारले ४ सय १४ वटा हिमालमा मात्र आरोहण अनुमति खुला गरेको छ । यस वर्षको वसन्त ऋतुमा नेपालका १४ वटा हिमालमा ९ सय ६७ जना (विदेशी/नेपाली) ले आरोहण गरे । सगरमाथा आरोहण गर्न एक जना विदेशीले ११ हजार डलर दस्तुर नेपाल सरकारलाई बुझाउनुपर्छ । नेपालीले भने एक जना बराबर ७५ हजार तिर्नुपर्छ । नेपालमा रहेका हिमालहरूको हिमरेखा ५ हजार मिटरदेखि ५ हजार ५५ सय मिटरसम्मलाई मानिन्छ । विश्वको बढ्दो तापक्रमसँगै हिमरेखा उकालो सर्न थालेको छ ।


नेपालका १५ जिल्लामा सानाठूला हिमाल छन् । मनाङ र मुस्ताङलाई हिमालपारिको जिल्लासमेत भनिन्छ । बढ्दो तापक्रमसँगै हिउँ पग्लिने समस्याले गर्दा हिमालहरू कालो पहाडका रूपमा परिणत हुन थालेका छन् । विस्तारै हिमालमा हिउँ घट्दै जाने चिन्ता बढ्न थालेको छ । हिमाली क्षेत्रमा यात्रा गर्दा लेक लाग्नु सबैभन्दा ठूलो स्वास्थ्य समस्या हो । उचाइमा अक्सिजन कम हुने हुँदा लेक लाग्ने गर्छ । तीन हजार मिटरभन्दा माथिको उचाइमा विस्तारै यात्रा गरेर लेक (अल्टिच्युड) पचाउँदै हिँड्नुपर्ने हुन्छ ।

प्रकाशित : असार १५, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?