आमा
ज्यानै बाजी लगाएर दियौ मलाई जन्म,त्यसैले त महान् तिमी जुगौं जुगसम्म ।
भोकै मलाई नराखेर
बस्यौ औंला चाटी,
स्कुल मलाई पठाउँछ्यौ
दुई चुल्ठी बाटी ।
थकाइ तिम्ले मानिनौ नि
मलाई माया गर्दा,
सही बाटो देखाइरह्यौ
अप्ठ्यारोमा पर्दा ।
दुःख कष्ट सहेर नि
मलाई पढाएकी छौ,
पछि बसी मलाई सधैं
अघि बढाएकी छौ ।
ऋण तिम्रो तिर्छु भनी
कसरी म भनूँ ?
अर्को जुनी पाएँ भने
तिम्रै छोरी बनूँ ।
दीप्ति थापा
कक्षा–५, मदरल्यान्ड उच्च मावि, पोखरा
प्रतिक्रिया