कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

रेल आयो छुकछुक...

बुटवलका दिवस ज्ञवाली बुबासँगै वनवाटिका गए  । त्यहाँ फिल्ममा देखेजस्तै रेल दौडिरहेको थियो  ।

रेल आयो छुकछुक...

आफूजस्तै साथीहरू रेल चढेर हात हल्लाई हल्लाई घुमिरहेका थिए । कक्षा ६ का दिवस त्यहाँ पुग्नासाथ हौसिए । बुबाले टिकट काटिदिनुभयो । उनले पनि रेलमा तीन फन्को लगाए ।


रुपन्देहीको पर्यटकीय स्थल शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा गत वैशाखदेखि बाल रेल सञ्चालनमा आएको हो । रेल चलाउन रोटरी इन्टरनेसनलले सहयोग गरेको छ । ५ सय मिटर गोलाइमा लिग छ । रेलमा ३ डिब्बा छन् । रेलको दुवैतिर मुख छ, दुवैतर्फबाट पालैपालो गुड्छ । एक पटकमा ३६ जना चढ्न सकिन्छ । ‘५० रुपैयाँ शुल्क तिरेपछि आधा किलोमिटर दूरी घुम्न पाइन्छ,’ केन्द्रका सचिव खिमलाल पाण्डेले भने । बाल रेल सञ्चालन गरेपछि वनवाटिकामा घुम्न आउने बालबालिकाको संख्या बढेको छ । कुनै दिन २५ सय मानिस रेल चढ्न आउने गरेको उनले बताए । रेल वरपर आकर्षक बाल बगैंचा छ । पानीका फोहोरा र विभिन्न किसिमका पिङ, चिफ्लेटी, लुकामारीलगायतका खेल सामग्री छन् । बाल ई–लाइब्रेरी पनि बनाउने योजना अघि बढाइएको रोटरी क्लब अफ बुटवलका अध्यक्ष नारायणप्रसाद पन्थले बताए । वनवाटिकामा जनावर र वन्यजन्तु पनि छन् ।


बालबालिकाले प्रत्यक्ष अवलोकन गर्न सक्ने गरी चिडियाखाना व्यवस्थित गरिएको छ । चितुवा, मृग, नीलगाई, अजिङ्गर, भालु, खरायो, चाइनिज मुसा, मयूर सारसलगायत छन्् । यिनको अवलोकनबाट धेरै ज्ञान लिन सकिन्छ । जडिबुटी अनुसन्धान केन्द्रमा धेरैथरी जडिबुटी राखिएको छ । योग गर्न मिल्ने योग केन्द्र छ । बोटानिकल गार्डेन, जैविक विविधता अनुसन्धान केन्द्र, फन पार्क, पिकनिक स्थल, सभास्थल पनि छन् ।

अमृता अनमोल/बुटवल

प्रकाशित : असार ८, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?