बच्चा कोरल्न सल्लाह

मनोज पौडेल

विश्वमै दुर्लभ मानिएको सारस त्यतिबेला बथान बनेर धेरैको संख्यामा देखिन्छन्, जतिबेला बच्चा कोरल्ने ठाउँ खोजी गर्नुपर्ने हुन्छ  । उनीहरूले सामूहिक रूपमै कहाँ गुँड बनाउने र बच्चा कोरल्ने सल्लाह गर्छन्  ।

विश्व सीमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर ताल क्षेत्रमा केही दिनयता ६० सम्म सारसका बथान देखिएका छन् । तिलौराकोट, गोबरी, रामापुर, निग्लिहवा र श्रीनगरमा ठुल्ठूलो झुन्ड छन् । जहदी, बन्डिहुली, अरौराकोट र बर्मेली टोल लगायतका गाउँ आसपास सिमसिमे धाप भएको खेतमा हुलका हुल छन् ।


मे महिनाको अन्त्य प्रि–ब्रिडिङ (भाले लाग्ने) याम भएकाले धेरै सारस एकै ठाउँमा जम्मा हुन्छन् । कुन ठाउँ सुरक्षित हुन्छ, कसरी बच्चा हुर्काउने भनेर प्राकृतिक रूपमा सल्लाह गर्छन् ।

ठाउँ चयनपछि सारसले जून महिनाको सुरुतिर गुडँ बनाउँछन् । त्यसपछि पोथीमा भाले लागेर अण्डा पार्छन् ।
जून महिनाको अन्त्यतिरबाट ओथारो बस्छन् । ४२ देखि ४५ दिनमा बचेरा कोरल्छन् ।

जलवायु परिवर्तनको असरले विश्वव्यापी रूपमा चरालाई असर गरिरहे पनि जगदीशपुर क्षेत्र चराका लागि पारिस्थितिकीय प्रणाली उत्कृष्ट भएको विश्वकै राम्रो स्थान मानिन्छ । यहाँ सारस मात्र होइन, विभिन्न महादेशबाट अनेक चराहरू बच्चा कोरल्न आउँछन् । हुर्काउँछन् र लिएर जान्छन् ।

सुरक्षा हिसाबले सारसले चारैतिर पानी भई बीचमा अग्लो भएको ठाउँलाई रोज्छन् । सकभर कसैले हानि–नोक्सानी नपुर्‍याओस् भनेर ।

बथानका बथान सारस कराउँदाको चिरबिराहटले यतिखेर जगदीपुर क्षेत्र रोमाञ्चित बनेको छ । अरू बेला दुईभन्दा बढी एकैपल्ट नदेखिने सारसहरू बथानमै देखिन थालेपछि हेर्न सर्वसाधारणको भीड लाग्ने गरेको छ ।

उड्न सक्नेमध्ये सबैभन्दा अग्लो चरा हो सारस ।

करिब १० किलोसम्म तौल हुने सारस दुर्लभ चरा हो। वन्यजन्तु संरक्षण ऐन ०२९ ले संरक्षित गरेको ९ पक्षी प्रजातिमध्ये एक हो ।

नेपालमा ५ सय सारस भएको अनुमान छ । कपिलवस्तु, रुपन्देही र नवलपरासीमा मात्रै ३ सय बढी भएको चराविद्हरूको दाबी छ ।

विश्वमै कम देखिन थालेपछि सन् २००० मा सारसलाई दुर्लभ पक्षीमा सूचीकृत गरिएको थियो ।

सारसले सर्पलाई सजिलै आहार बनाउँछ । त्यही भएर सारस बस्ने ठाउँवरिपरि सर्पको त्रास हुँदैन । बालीलाई नोक्सान पुर्‍याउने शंखेलगायतका कीरालाई सारसले खान्छ ।

नजिकै चितुवा, बाघ, भालुलगायत जन्तु आउन लागे पहिल्यै कराएर अग्रिम जानकारी दिन्छ । यसले सम्भावित आक्रमणबाट बच्न मानिसलाई सघाउँछ ।

प्रकाशित : असार ८, २०७६ ११:३२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पंखेको टोपी

कान्तिपुर संवाददाता

पंखे कछुवालाई टोपी लगाउन मनपर्थ्यो  । उसका प्रायः सबै साथी थरीथरीका टोपी ढल्काएर हिँड्थे  ।

ऊसँग एउटा पनि टोपी थिएन । उसले आफ्नी आमालाई धेरैपटक टोपीका लागि गनगन गरिसकेको थियो । तर आमाले पछि किन्दिउला भन्दै टार्दै आएकी थिइन् । अरूको टाउकोमा टोपी देख्दा उसलाई डाहा भएर आउँथ्यो । एक दिन झिल्के खरायोले टाउकोमा छिरर्बिरे टोपी ढल्काउँदै भन्यो, ‘यी हेर, मेरो नयाँ टोपी ।’ यसो भन्दा पंखे कछुवालाई कम्ता रिस उठेन । तर रिसाएर के गर्नु ? आफ्नो नभएपछि ।


‘पख् न, तेरोभन्दा झन् राम्रो टोपी म आमालाई किन्न लगाउँछु, उसले मनमनै भन्यो, ‘मेरो पनि दिन कसो नआउला १ आमालाई जसरी पनि टोपी किन्न मनाउँछु १’ भोलिपल्ट आमा बजार जाने मौका छोपेर ऊ पनि लुसुक्क पछिपछि लाग्यो । आफ्नी आमाबाट कहिले झाडीतिर त कहिले रूखमा छेलिँदै बजार पुग्यो । बजार आइपुगेपछि हुत्तिँदै आफ्नी आमा छेउमै पुग्यो। टोपी किन्नका लागि रोईकराई र लडीबुडी गर्‍यो । बजार भर्न आउने सबैले उसैलाई हेर्न थाले ।


‘मलाई टोपी किनिदिन्छु भनेर किन सधैं ढाँटेको ?’ उसले रुँदै भन्यो, ‘आज जसरी पनि किन्दिनुपर्छ १’आमालाई पनि सबैको अगाडि पंखेले यस्तो भनेको सुनेर लाज लाग्यो । ‘हो त है, मैले किनिदिन्छु भनेर सधैं ढाँटेको ख्यालै नगरेको रहेछु भन्ने महसुस भयो । उनको मन पग्लियो । आमाले पंखेलाई भनिन्, ‘नरोऊ छोरा, आज म तिमीलाई पक्का टोपी किनिदिन्छु । तमासा नगर बाबु, अहिले किनिदिन्छु । बरु जाऔं हिँड ।’


आमाले पंखेलाई टोपी पसलतिर लगिन् । पंखेले धेरै टोपीहरू ओल्टाईपल्टाई हेर्‍यो । अरूले लगाएको भन्दा फरक खालको टोपी कस्तो चैं होला भनेर मनमनै सोच्दै छान्न थाल्यो । अन्ततः उसलाई मनपर्ने पहेंलो रंगको टोपी फेला पर्‍यो । यो टोपी अरूले लगाएको भन्दा एकदम फरक पनि थियो । टोपी गोलो थियो । किनारामा हल्का गुलाबी छिर्बिेरे रंग थियो । टुप्पामा चैं डोरीको गाँठोजस्तो लत्रिएको थियो । फरक खालको आकर्षक टोपी देखेर ऊ भित्रभित्रै गद्गद् भयो ।


टोपी लगाएर यस्सो ऐनातिर हेर्‍यो । उसलाई टोपी खुब सुहाएको महसुस भयो । आमाले पनि ‘राम्रो देखिएको छ’ भनिन् । आखिरमा पंखेको पनि टोपी लगाउने सपना पूरा भयो । ऊ टोपी ढल्काउँदै सबैतिर डुल्यो । आफ्ना सबै साथीलाई नयाँ टोपी देखायो । सबैले उसको टोपी निकै राम्रो छ भने । सबैको प्रशंसा सुनेर ऊ मख्ख पर्‍यो । रोईकराई गरेर किनेको टोपीप्रति उसको खुब मोह थियो । पंखेको टाउकोमा टोपी कहिले छुट्दैनथ्यो । जहाँ पंखे, त्यहाँ टोपी । तर एक दिन पंखेको टोपी जोडसँग चलेको हावाले उडायो । टोपी कहाँ पुर्‍यायो कहाँ ?


टोपी उड्दै चिडियाखाना पुग्यो र कंगारुको टाउकामा बस्यो । त्यति नै बेला कंगारुलाई हाच्छियुँ आयो र टोपी उड्यो । टोपी उड्दै कंगारुको खोरबाहिर पुग्यो । टोपी उड्न रोकिएन । सिंहको ओडारभित्र पो पस्यो । सिंहको पुच्छरमा गएर अड्कियो । सिंहलाई पुच्छरमा काउकुती लाग्यो । पुच्छर जोडले हल्लायो । टोपी पुच्छरमा फनफनी नाच्न थाल्यो । र, फेरि उड्यो । उता, पंखेले माथि हेर्‍यो, तल हेर्‍यो । यता हेर्‍यो, उता हेर्‍यो । टोपी कहीँ देखेन । न्याउरो अनुहार लगाउँदै भन्यो, ‘मेरो टोपी कहाँ गयो, कहाँ खोज्ने होला ?’ टोपी उड्दै नदी छेउ ह्वेल माछाको आढमा पुग्यो । अलि तल घना जंगलछेउ झाप्ले भालुको वरिपरि पुग्यो । बाँदरले झम्टेर धुजाधुजा पार्न चाहयो। गैंडाले कुल्चेर कच्याककुचुक पार्न खोज्यो । न्याउरीले आफ्नो थुतुनोले च्याप्प समात्न खोज्यो । जिराफले त झन्डै चपाउनै खोज्यो । पंखेको टोपी कहिले हावामा फनफन उड्थ्यो, कहिले सुइइयँ सुइइयँ गर्दै यताउता पुग्थ्यो ।


जमिनमा लडखडाइरहेको टोपी घाँस चरिरहेको अर्नाले भेट्टायो । उसले टोपी ओल्टाइपल्टाई हेर्‍यो । ‘अरे १ यो टोपी त पंखे भाइको जस्तो छ,’ उसले मनमनै अड्कल काट्यो र पंखे भएतिर दौडियो, ‘ओ, पंखे भाइ । यो टोपी तिम्रो हैन ?’ पंखेले खुसी हुँदै भन्यो, ‘हो अर्ना दाइ ।’
‘यसले गर्दा तिमीले सार्‍है दुःख पायौ है । लौ लेऊ तिम्रो टोपी, मैले भेटेर ल्याइदिएको छु,’ अर्नाले भन्यो, ‘अबदेखि सल्लाको खोटोले टाँसेर टोपी लगाऊ । हावाले उडाउँदैन ।’पंखेले अर्ना दाइलाई ‘धन्यवाद’ भन्यो । अर्नाले भनेझैं टोपीमा खोटो दल्यो र लगायो । साँच्चै जति ठूलो हावा आए पनि टोपी उडाएन । पंखेको मनपर्ने टोपी सधैं उसकै टाउकामै बसिरह्यो ।

एकराज कोइराला

प्रकाशित : जेष्ठ २६, २०७६ १०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×