कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

औंलाको पाठ

कान्छी औंला छेउमा बस्छे सबैभन्दा सानी,राम्री अनि छरिती छे भनूँजस्ती–नानी  ।

साइँली औंला सुहाउँदिली
पर्छे सधैं छक्क,
औंठी लाउन पाएकीले
सधैंभरि मख्ख ।

माहिलीलाई ‘माझी’ भन्दा
रिसाउली नि फेरि,
अग्लिएर बीचमा बस्छे
दायाँबायाँ हेरी ।

‘चोरी’ औंला भने पनि
चोर्न कसले पाउँछ ?
केही देखाउन पर्‍यो भने
उनकै काम आउँछ ।

बूढीऔंला मोटीघाटी
एक्लै बस्छे पर,
अरू औंला एकातिर
बाँकी उनकै भर ।

देखिँदैनन् पाँचै बहिनी
हेर्दा बराबर,
तर फेरि मिल्न आउँछन्
हत्केलामा घर ।

बेग्लाबेग्लै भए पनि
हुनुपर्छ साथ,
औंलाबाट सिक्नुपर्छ
एकताको पाठ ।

इन्द्रकुमार श्रेष्ठ
कमलाकुञ्ज, ओखलढुंगा 

प्रकाशित : जेष्ठ २६, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?