कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कला र साहित्यमा बालबालिका

 
बालबालिकालाई सिर्जनात्मक बनाउन मोरङको बेलबारीमा साहित्य र कलासम्बन्धी अभियान सञ्चालन गरिएको छ  । बेलबारी साहित्य विकास समितिले कला र साहित्यसँग सम्बन्धित विभिन्न गतिविधि समेटेर गरेको महोत्सवमा स्थानीय विद्यालयका विद्यार्थी पनि सहभागी भए  ।

कला र साहित्यमा बालबालिका

उनीहरूले नाम चलेका साहित्यकारको सिर्जना सुन्न पाए । अग्रज चित्रकारका चित्र हेरेर सिक्ने अवसर पाए । संस्थाकी अध्यक्ष रेखा सुवेदीका अनुसार विद्यार्थीबीच चित्रकला प्रतियोगिता गरिएको थियो ।


बेलबारी र आसपास क्षेत्रमा २६ विद्यालयका विद्यार्थी प्रतियोगितामा सहभागी भएका थिए । उनीहरूले प्राकृतिक दृश्य, वातावरण अनि दैनिक जीवनसँग सम्बन्धित आकर्षक चिक्र बनाए । त्यस त्रममा सुमन तामाङ, निशा राई, शृंखला धिमालका चित्रलाई उत्कृष्ट मानेर पुरस्कार प्रदान गरियो । रोहन धिमालको चित्रले प्रोत्साहन पुरस्कार पायो । बालबालिकाले फरकफरक भाषाहरू लिम्बू, राई, थारू, मैथिली, गुरुङ, तामाङ, नेपाली, हिन्दी, अंग्रेजीलगायतका सिर्जना पनि सुन्न पाए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार तथा समालोचक प्राडा. राजेन्द्र सुवेदी, प्राडा. टंक न्यौपाने, डा. बद्रीविशाल पोखरेल, प्राज्ञ विवश पोखरेल, गंगा सुवेदी र हेमराज अधिकारीका सिर्जना पनि सुन्न पाए ।


माधव

प्रकाशित : जेष्ठ १९, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?