मेरी आमा

कान्तिपुर संवाददाता

 कोही मान्छे काला छन्कोही भने गोरा,मेरी आमाको हुँ म त असल छोरा  ।  

रात र दिन पालैपालो
हुन्छन् छोटा लामा,
मलाई सधैं माया गर्ने
मेरी प्यारी आमा ।

हातखुट्टा बलियो पार्न
तेते सधैं घस्छिन्,
सानो बिसन्चोमा पनि
रातभर जागा बस्छिन् ।

भोक लाग्दा खान दिन्छिन्
प्यास लाग्दा पानी,
मेरी आमा कति जाती
ममताकी खानी । 

आमाले भन्या सबै कुरा
मैले मानेको छु,
आमालाई नै मैले आफ्नो
भगवान् ठानेको छु ।

सूर्यप्रसाद लाकोजू

प्रकाशित : जेष्ठ १९, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्

चौतारी

कान्तिपुर संवाददाता

 छहारीमा बसेर खाजा खाइन्छ,थकाइ लाग्दा बिसाउने ठाउा चाहिन्छ  ।

अब भोलि खोजेर
कहाँ पाइन्छ,
गर्मी हुँदा शीतलु
हावा चाहिन्छ ।

वरपीपलको फेदीमा
अडेस लाइन्छ,
पीपल र वरको
रूख चाहिन्छ ।

मीठो धुनमा सुरिलो
गीत गाइन्छ,
बजाउन पिपिरी
पात चाहिन्छ ।

कसलाई भन्नुपर्ने हो
भन्न आइन्छ,
मास्नु हुन्न चौतारी
शोभा चाहिन्छ ।

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

प्रकाशित : जेष्ठ १९, २०७६ १०:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्