सानाको सहयोग

कान्तिपुर संवाददाता

होमवर्क सकेर समिता बाबाको छेउमै टीभी हेर्न बसिन्  । बाबा समाचार हेर्दै हुनुहुन्थ्यो  ।

समाचारमा हावाहुरीले तहसनहस गरेको कुराहरू आउँदै थियो ।
‘गर्नु गरेछ नि हावाहुरीले पनि, के साह्रो आको हो ? हैन घरै पो उखेलौँलाझैं गर्‍यो त बाबै,’ घरीघरी टीभीतिर हेर्दै काम गर्दर् ैगर्नुभएको आमा किचनबाटै कराउनुभयो ।


‘त्यही त घरबार नै उठायो नि । हेर केटाकेटी बूढाबूढीको बिजोक,’ बाबा रिमोट चलाएर च्यानलहरू चेन्ज गर्दै समाचार हेर्दै हुनुहुन्थ्यो । जुनै च्यानलमा पनि हुरीको ताण्डव देखिन्थ्यो । समिताले त्यतातिर खासै ध्यान दिएकी थिइनन् । ‘केटाकेटी’ भन्ने शब्दले उनको ध्यान खिच्यो । अनि पो ध्यान दिएर हेरिन्– त्यहाँ उनी जत्रै केटाकेटीहरू अलपत्र थिए । विभिन्न संस्थाहरूले राहत लिएर गएको कुरा पनि आइरहेको थियो समाचारमा । समितालाई पनि आफूजस्तै साथीहरूलाई केही सहयोग गर्न पाए हुन्थ्यो भन्ने मनमा आयो । तर के गर्ने, कसरी गर्ने ? बाबाआमालाई पनि कसरी भन्ने ? केही सोच्नै सकिनन् । खाना खाएर ओछ्यानमा पल्टेर धेरै सोचिन् ।


उनलाई अबेरसम्म निद्रा लागेन । आफूले जम्मा गर्ने गरेको खुत्रुकेसमेत फुटाएर हेरिन् । तर त्यहाँ त्यति धेरै पैसा थिएन । मनमनै सोचिन्, ‘कहिलेकाहीँ खाजा खाएर बचेको पैसा त हो यो । कति नै हुन्छ र ? अबदेखि त म सकेसम्म खर्च नगरी धेरै बचत गर्नेछु ।’ खटपटीमा कति बेला निदाइन्, थाहै भएन । बिहान उठ्दा बाबा पत्रिका पढिरहनुभएको थियो । पत्रिकामा पनि त्यही हिजोकै कुरा घाइते, अलपत्र केके हो केके । आफूजस्तै साना साथीहरूका फोटा पनि थिए पत्रिकामा । उनको मनै कटक्क भयो, तिनीहरूको अवस्था देखेर । भारी मन लिएर स्कुल पुगिन् । बाटोमा जाँदै गर्दा एउटा ‘आइडिया’ फुर्‍यो । खाजा खाने समयमा साथीहरूसँग सल्लाह गरिन् । सबैले आफूले बचत गरेको पैसाले सहयोग गर्ने भए । यो कुरामा कक्षा ७ का सबै विद्यार्थीले साथ दिए । यो कुरा स्कुलभरि फैलियो । अरू कक्षाका कतिपय साथीहरूले पनि सकेको सहयोग गर्ने भए । यति राम्रो काम गर्न लागेको थाहा पाएर हेडसर र शिक्षकहरू सबैले यसमा सहयोग गर्ने हुनुभयो । उनीहरूको साथमा दुईजना शिक्षक पनि पठाइदिने हुनुभयो । यति राम्रो कार्यको सुरुवात गरेर सहयोगको भावना जगाएकोमा समितालाई सबैले धन्यवाद दिनुभयो । सन्ध्या म्याम र अनिल सर समिताको टिमसँग जाने हुनुभयो । भोलिपल्ट बिहान ९ बजे स्कुलमा भेला भएर जाने सल्लाह गरेर सबै घरघर गए । घरमा बाबाआमालाई पनि सबै कुरा सुनाइन् समिताले । आमाको आँखामा त खुसीको आँसु नै झर्‍यो । ‘म पनि तिमीसँगै गएर सहयोग गर्छु ।’


‘आहा १ थ्यांक यु बाबा’ समिता बुरुक्क उफ्रेर बाबालाई अँगालो मार्न पुगिन् । भोलिपल्ट सबै स्कुलमा भेला भए । सबैबाट पैसा संकलन गरेर आवश्यक सामान किने । बालबालिकाका लागि प्रायः सामानहरू किने उनीहरूले । लुगा, जुत्ता, कापीकलम, खानेकुरा आदि सहयोग गरेर फर्किए । अहिले उनीहरूले एउटा ‘सानाको बचत’ भनेर समूह बनाएका छन् । त्यसमा उनीहरू आफूले गर्ने खर्च कटाएर बचत गर्छन् । यसमा उनीहरूलाई घरपरिवारबाट सक्दो सपोर्ट छ । सुनिँदै छ, उनीहरूको त्यो कार्यलाई मन पराएर अरू स्कुलका साथीले पनि बचत गर्न थालेका छन् रे । समिता र उनका साथीहरूको बुद्धि विवेकको चारैतिर प्रशंसा भइरहेको छ । त्यसले गर्दा उनीहरूलाई नयाँनयाँ कार्य गर्न थप हौसल्ला मिलेको छ ।
यमुना पराजुली अधिकारी

प्रकाशित : जेष्ठ १२, २०७६ १०:०७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पुतली

कान्तिपुर संवाददाता

मेरी प्यारी पुतली छिन् फूलमा उनी बस्छिन्,उनी धेरै राम्री छिन्सबैसँग खेल्छिन्  । फूलबारीमा पुतली डुल्छेफरफर गर्दै यताउता उड्छे,पुतलीको कति राम्रो छ है रङखेल्न पाउँदा पुतलीसँग हामी पर्‍यौं दङ्ग  ।

मेरी प्यारी पुतली छिन्
फूलमा उनी बस्छिन्,
उनी धेरै राम्री छिन्
सबैसँग खेल्छिन्।

फूलबारीमा पुतली डुल्छे
फरफर गर्दै यताउता उड्छे,
पुतलीको कति राम्रो छ है रङ
खेल्न पाउँदा पुतलीसँग हामी पर्‍यौं दङ्ग।

सुयान्स पाण्डे, कक्षा–३
नवोदय शिशु सदन, हेटौंडा

प्रकाशित : जेष्ठ १२, २०७६ १०:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT