१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

विद्यार्थी

 
ज्ञानगुनका कुरा सिक्ने म हुँ असल छात्र,ध्यान दिन्छु सधैँ मैले असल काममा मात्र  ।

विद्यार्थी

पढ्ने लेख्ने खेल्ने सिक्ने
धेरै छन् मेरा काम,
उच्च शिक्षा हासिल गरी
राख्छु यो देशको नाम,

रातदिन मिहिनेत गरी
सिर्जनशील बन्छु,
आफू हिँड्ने जिन्दगीको
बाटो आफैँ खन्छु ।

किताब, कापी, कलम
मेरा सदावहार साथी,
यिनकै सहयोगले म
पुग्छु माथि–माथि ।
िअंकित खनाल, कक्षा–५
सिद्धिविनायक इंग्लिस स्कुल, तनहुँ

प्रकाशित : वैशाख २९, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?