कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विपत्मा साथ

तराई–मधेसको बारा–पर्सा जिल्लामा हावाहुरी आएर धेरै घरपरिवार बिचल्लीमा परेको खबर हामीले सुनेकै हो  ।

विपत्मा साथ

त्यो विपत्ले धेरै बुबाआमाले बेहोरेको कठिनाइ र गाँसबासकै जोहो हुन नसकेको खबरका माझ काठमाडौंका केही स्कुले केटाकेटीले सहयोग गर्ने सोचे । काष्ठमण्डप विद्यालय र युलेन्स स्कुलमा पढ्ने ८ देखि १६ वर्षसम्मका केटाकेटीले आ–आफ्नो सीप देखाएर केही आफन्त र सहयोगीबाट पैसा संकलन गर्ने उपाय निकाले ।

‘हामीजस्तै ससाना साथीहरूको कापीकलम र स्कुले झोलासमेत हावहुरीले उडाएको खबर सुन्यौं, हाम्रो तर्फबाट थोरै भए पनि सहयोग पठाउन सकिन्छ कि भनेर यो काम गरेका हौं,’ युलेन्स ९ कक्षामा पढ्ने झापाका कोविदभूषण पाठकले भने, ‘हामीमध्ये कसैले उद्घोषण गर्‍यौं, कसैले पियानो बजायौं । अतिथि सत्कारमा पनि हामी जुटेका थियौं ।’ ‘सखा’ भन्ने समूह खोलेर भेला भएका ८ जना केटाकेटीले बखुण्डोलको म्युजिकोलोजी रेस्टुरेन्टमा एउटा सानो कार्यक्रम राखेका थिए । त्यहाँ १४ वर्षका कोविदभूषण र उनकी १२ वर्षीया वाणीभूषण पाठकले पियानो बजाएका थिए । अरू साना विद्यार्थीहरू सहिरा प्रसाईं, निष्ठा शर्मा, शुभश्री खड्का, सुदिति खड्का, शुभायु प्रसाईं र आरम्भज्योति शर्माले कार्यक्रममा समन्वयकारी काम गरेका थिए । रेस्टुरेन्टमा खान आएका आफन्त र अभिभावकबाट ५१ हजार ९ सय रुपैयाँ उठ्यो ।


अर्को एउटा अवसरमा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई वैशाख २२ गते काठमाडौंमा भेटेर उनीहरूले सहयोग हस्तान्तरण गरे । ‘यो सहयोग रकम बारा–पर्साका हामीजस्तै विद्यार्थी साथीभाइको किताब–कलम किन्ने काममा उपयोग होस् भनेर मुख्यमन्त्रीज्यूलाई भनेका छौं,’ कोविदले खुसी हुँदै सुनाए । मुख्यमन्त्री राउतले पनि ससाना स्कुले विद्यार्थीको सहयोग सही उपयोग हुने वचन दिएका छन् ।

प्रकाशित : वैशाख २९, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?