घडी

काठमाडौँ — घन्टी बजाई हामीलाई बिहानमा उठाउँछ,पलपलको समय बताईसधैं काममा जुटाउँछ  ।

घडी

यसभित्रका सुईहरू
घुमिरहन्छन् निरन्तर,
जे गर्दा नि म त सधैँ
पर्ने गर्छु यसकै भर ।

भित्तामाथि टक्क बसी
समयको संकेत गर्छ,
घडीजस्तै हामी पनि
गतिशील बन्नुपर्छ ।

समय दिने यो घडीको
अनन्तसम्म चल्छ गति,
समयलाई चिन्न सके
हुन्न हाम्रो जीवन क्षति ।

कला कोइराला, कक्षा–८
बालज्योति कम्युनिटी एकेडेमी, स्याङ्जा

प्रकाशित : वैशाख ८, २०७६ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?