दौरासुरवाल

कमल कोइराला

काठमाडौँ —  दुई बाहुलामा हात छिराईजिउमा चट्ट लाउनुपर्छचार ठाउँमा तुना बाँधीच्याट्ट बन्न पाउनुपर्छ  ।

कम्मरमा टम्म बाँधी
तल सुरुवाल लगाएर
राष्ट्रियता झल्काउनु छ
स्वसंस्कृति जगाएर ।

जहाँ जान परे पनि
दौरासुरुवाल होस् साथमा
पहिचानको रक्षा गर्ने
जिम्मवारी छ हातमा ।

दौरामाथि अस्कोट भिरी
शिरमा टोपी लगाउँछौं
मौलिकता रक्षा गरी
विकृति सब भगाउँछौं ।

प्रकाशित : चैत्र ३, २०७५ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्

विद्याकी दाता

कमल कोइराला

काठमाडौँ — वीणा–पुस्तक हातमा लिईबसेकी छ्यौ हाँसमाथिहामीलाई विद्याबुद्धि दिनेछ्यौ है तिमी कति जाती ?


जतन गर्छाैं किताबकापी
लगाई सुरक्षित गाता
लगनशील भई लेखपढ गर्छाैं
ज्ञान देऊ सरस्वती माता ।

पढ्छौँ, सिक्छौँ, मनन गर्छाैं
पल्टाई पुस्तकका पाता
श्रद्धापुष्प चढाई भन्छौँ
सद्बुद्धि देऊ माता ।

तिम्रै शरण पर्छाैं हामी
ओढाइदेऊ ज्ञानको छाता
विद्यामृत पिलाइदेऊ
हे सरस्वती माता १

प्रकाशित : माघ २७, २०७५ १२:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×