मादल

कविता

काठमाडौँ — हेर्दा लामो गोलो–गोलो 
दुवैतिर हुन्छ छाला
मीठो आवाज दिन्छ यसले 
पड्काइदिँदा दुवै गाला ।

मादल

छालामाथि टाँसिएको

हुन्छ कालोकालो खरी

यसकै तालमा गीत गाई

नाच्छन् रमाइलो गरी ।


ढुङ्ग्रो जस्तो काठमाथि

बाँधिएको हुन्छ रसी

यसकै मीठो धुनसँगै

नाच्छन् मानिस कम्मर कसी ।

कहीँ घाँटी कहीँ खुट्टामा

राखी बजाउँछन् यसलाई

म नि नाच्छु कहिलेकाहीँ

यसकै तालमा गीत गाई ।

-हरिमाया वाग्ले, कक्षा–९

पिपुल्स फ्रेन्डसिप एकेडेमी, काठमाडौं

प्रकाशित : मंसिर १६, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?