हाम्रो घरको सुरी !

कविता

काठमाडौँ — खुट्टा उचालेर चढ्छ धुरी धुरी
हेर बाबु हेर, हाम्रो घरको सुरी !

हाम्रो घरको सुरी !

ठ्याक्कै बाघका जस्ता लगाएर लुगा

सातो लिन खोज्छ ठड्याएर जुँगा

जिउ मर्काएर गर्छ चुरीफुरी

हेर नानी हेर, हाम्रो घरको सुरी !

मुसा खाने दाउमा भाँडारतिर ढुक्छ

कुकुर देख्नै हुन्न कुना खोज्दै लुक्छ

डरै नमानेर हेर्छ घुरी घुरी

हेर भाइ हेर, हाम्रो घरको सुरी !

बसी बसी खाने लोभी, अल्छी, लाछी

कराई चाट्न खोज्ने यै हो दूधको साक्षी

लाजै पचाएर बस्छ भान्सा कुरी

हेर बैनी हेर, हाम्रो घरको सुरी !

रमेशचन्द्र घिमिरे

प्रकाशित : मंसिर १६, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?