कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बुद्धकालीन कथा

काठमाडौँ — राजकुमार सिद्धार्थ गौतम (बुद्ध) सानोछँदा उनको मामाको छोरा देवदत्तसँग एउटा चराको विषयलाई लिएर विवाद भयो ।

बुद्धकालीन कथा

सिकार खेल्ने क्रममा देवदत्तले हानेको वाण लागेर एउटा सारस घाइते भयो । घाइते सारस सिद्धार्थ गौतम बसेको ठाउँ नजिकै आएर खस्यो । घाइते सारसको शरीरबाट वाण झिकेर ओखतीमुलो गरे ।

त्यही बेला आफूले खसालेको सारस खोज्दै देवदत्त सिद्धार्थसमक्ष पुगेका थिए । आफूले वाण हानेर खसाएको चरामा आफ्नै अधिकार हुने भन्दै देवदत्तले सिद्धार्थ गौतमसँग रहेको सारस मागे । सिद्धार्थ गौतमले घाइते सारसलाई आफूले बचाएकाले त्यो आफ्नो हुने भन्दै दिन मानेनन् । ठूलो गलफत्ती पर्‍यो । विवाद बढ्दै गएपछि राजा शुद्धोदनले समस्या न्याय परिषद्मा पठाइदिए । न्याय परिषद्ले कुनै पनि जीवमाथि प्राण लिनेको भन्दा जीवन बचाउनेको हक लाग्ने फैसला गरिदियो । त्यसपछि बौद्धधर्मावलम्बीले सारसलाई आस्थाका रूपमा लिने गरेको जनविश्वास छ । बौद्धमार्गीले शान्ति र प्रेमको प्रतीक मान्ने सारसलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाले हालै नगरपन्क्षी घोषणा गरेको छ ।

प्रकाशित : मंसिर १६, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?