मेरो काम

कविता

काठमाडौँ — पृच्छा मेरो नाम हो, छु सानीसानी
स्कुलमा खुरुखुरु पढ्ने छ बानी । 

गुरुआमाले भनेको सही काम अनि

बाबुआमाकी असल छोरी बन्ने पनि ।


राम्रो ज्ञान पाउन म बेबिलोन झर्छु

आफ्ना साथीहरूलाई सहयोग पनि गर्छु ।


पढ्नलेख्न सधंै म मिहिनेत गर्छु

नाच्ने गाउने काममा म अघि सर्छु ।

-पृच्छा पराजुली, कक्षा–१

बेबिलोन नेसनल स्कुल, काठमाडौं ।

प्रकाशित : मंसिर १६, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?