२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निहुँ खोज्दै लाम्खुट्टे

कविता

काठमाडौँ — निहुँ खोज्दै लाम्खुट्टे आउँछ कोठामाकोठाबाट निस्केर जान्छ ग‍ोठमा

निहुँ खोज्दै लाम्खुट्टे

यसले दु:ख दिने भो रोग सार्ने भो
कानमा आई कराउँद‌ै दिक्क पार्ने भो
टोकी टोकी छालामा चाला बनायो
रगत चुस्दै गालाको दसैं मनायो
लाम्खुट्टेलाई लखेट्ने के छ तरिका
रोग यसले ल्याउँछ रे अनेक थरिका
दिउँसो बस्छ फोहोरमा झाडी, बोटमा
राति फेरि आउँछ हाम्रै को‍ठामा
धपाउन खोजेको जाँदै गएन
यौटा झुल नकिनी हुँदै भएन
म्याट बाली लखेट्छु बत्ती जोडेर
धूप सल्काई भगाउँछु सलाई कोरेर
मलेरिया लाएर यस‌‌ै मार्छ कि  ?
हात्तीपाइले सारेर थला पार्छ कि ?
रोगको खानी छ यसक‍‍‍ो आफ्नै ओठमा
रोग सार्न आउँदै छ हाम्रै कोठामा ।

प्रकाशित : भाद्र १७, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?