बादलु रानी

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — सरसर–सरसर उड्छौ साथी  रकहिले तलतल कहिलेमाथि कहिले बन्छौ माछा, गोहीकहिले गर्छौ गडगड रोईकहिले छेक्छौ चन्द्रसूर्य

धर्ती पार्छौ घोर अँध्यारो
कहिले हिँड्छौ सुस्तसुस्त
कहिले हिँड्छौ चाँडोचाँडो
कहिले सेतो, कहिले कालो
कहिले देख्छु जालोजालो
सिमसिम पानी तिमी नै पार्छौ
सेतो असिना तिमी नै झार्छौ
झरझर पानी बनी झर त
सुक्खा बोटहरूमा पर त
सबैले भन्छन् बादलु रानी
कहिल्यै नथाक्ने तिम्रो छ बानी ।

ललिता ‘दोषी’

प्रकाशित : श्रावण २०, २०७५ ०८:२४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मेरी आमा

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — नौ महिना पेटमा राखी, मलाई जन्म दिनेदु:ख जति आफू लिई, सुख मलाई दिनेताते नानी ताते नानी, हिँड्न सिकाउनेहातमा समाई हिँड्नलाई, बाटो देखाउने ।

रुँदाखेरि हँसाउने, बुबु चुसाउने
सधैंभरि मसित नै, खेल्न रुचाउने
निद्रा लाग्यो भनेर, हातहातै खेलाउने
घाँटी सुक्यो भनेर, दूध पिलाउने ।
रातभरि ननिदाई, मेरै सेवा गर्छिन्
दु:ख जति आफू लिई, माया मलाई छर्छिन्
मेरी आमा साथमा हुँदा, मलाई निद्रा लाग्छ
डरको पोको परपरै, आमा देखी भाग्छ ।
अगरबत्ती बाली मेरै, हित चिताउने
भगवान्लाई खुसी पार्न, फल चढाउने
मेरी आमा संसारकै ठूली मान्छे हुन्छिन्
एकछिन् म हराउँदा डाँको छोडी रुन्छिन् ।

देवेन्द्रप्रसाद उप्रेती

प्रकाशित : श्रावण २०, २०७५ ०८:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×