काठमाडौँ — नौ महिना पेटमा राखी, मलाई जन्म दिनेदु:ख जति आफू लिई, सुख मलाई दिनेताते नानी ताते नानी, हिँड्न सिकाउनेहातमा समाई हिँड्नलाई, बाटो देखाउने ।
रुँदाखेरि हँसाउने, बुबु चुसाउने
सधैंभरि मसित नै, खेल्न रुचाउने
निद्रा लाग्यो भनेर, हातहातै खेलाउने
घाँटी सुक्यो भनेर, दूध पिलाउने ।
रातभरि ननिदाई, मेरै सेवा गर्छिन्
दु:ख जति आफू लिई, माया मलाई छर्छिन्
मेरी आमा साथमा हुँदा, मलाई निद्रा लाग्छ
डरको पोको परपरै, आमा देखी भाग्छ ।
अगरबत्ती बाली मेरै, हित चिताउने
भगवान्लाई खुसी पार्न, फल चढाउने
मेरी आमा संसारकै ठूली मान्छे हुन्छिन्
एकछिन् म हराउँदा डाँको छोडी रुन्छिन् ।
देवेन्द्रप्रसाद उप्रेती