काठमाडौँ — पानी पर्यो भनेर, छाता ओढें मैले,हिलोबाट बँच्नलाई, जुत्ता लाएँ पैले ।धेरै चिप्लो बाटो छ, हिँड्ने होला कसरी ?साउनको झरी यो, पर्न थाल्यो बेसरी ।कर्याङकुरुङ गरेर, चरा पनि उड्दै छ,गडयाङगुडुङ आकाश, धड्कन पनि बढ्दै छ ।
दर्किएको पानीले, लुगा पनि भिज्दै छ,
सँगै हिँड्ने साथीको, कुरा पनि मिल्दै छ ।
काँधमा यौटा झोला छ, जोगाउन गाह्रो छ,
स्कुलमा घण्टी बज्दा, पुग्न गाह्रो छ ।
गृहकार्य गरेको, मोटो मोटो कापी छ,
हिम्मत गरी बाँच्नलाई, दरो यौटा छाती छ ।
सानो मेरो हातले, राम्रो काम गर्दै छ,
भविष्यको बाटोमा, गोडा अघि सर्दै छ ।
पानी पर्यो भनेर, छाता ओढें मैले,
हिलोबाट बँच्नलाई, जुत्ता लाएँ पैले ।
मुकुन्द पथिक
प्रतिक्रिया