आंैलाको गीत

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — ल्याप्चे लाउने ठुल्दाजैरैछौ डल्ले डल्लेबूढी औंला भनेरनाम राख्यो कल्ले ?

आंैलाको गीत

भाइसँग टाँस्सियौ
दाजुलाई छोड्यौ
नामै चोरी औंला रे
भन के–के चो‍र्‍यौ ?

थाहा पाएँ यो कुरा
बल्ल मैले आज
माझी औंला भएरै
बस्यौ सबको माझ ।

डाहा गर्दै दुनियाँ
आँखा तरी हेर्छन्
साहिँली औंला धनी छन्
सुनको औंठी बेर्छन् ।

बजार गई नाना र
मीठो पापा किन्छु
बाको कान्छी औंला यो
समातेर हिँड्छु ।

प्रकाशित : श्रावण १३, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?