हजुरबाको छाता !

कमल कोइराला

काठमाडौँ — सधैँ कोटमा झुन्डिराख्ने हजुरबाको छाता ।परस्परमा दुवैका बीच गहिरो छ नाता ।।
सानैदेखि देखेको हुँ हजुरबाको छाता मैले,पहिलेको नयाँ छाता अलि पुरानो भो अहिले ।तर पनि हजुरबाको छोड्या छैन यसले साथ,घामपानीमा उहाँलाई सहयोग गर्छ दिनरात ।।

हजुरबाको छाता !

बीचमा एउटा लामो डन्डी वरिपरि तार धेरै,
फ्याट्ट गर्दा गोलाकार भई खुलिदिन्छ जतिखेरै ।
हजुरबालाई शीतल दिन्छ टन्टलापुर घाममा,
भिज्ने लुगा बचाउँछ यसले वर्षायाममा ।।

रातभरि किलासँगै झुन्डिएर बस्छ जहिल्यै,
दिनभरि हजुरबाको कोट छाड्दैन कहिल्यै ।
जहाँ पुग्नुहुन्छ उहाँ छाता पनि सँगै जान्छ,
हजुरबाले भन्या कुरा आज्ञाकारी भई मान्छ ।।

अति जतन गर्नुहुन्छ छातालाई हजुरबाले,
कोटमा झुन्डिरहने यो हो हजुरबाको पाले ।
अङ्कुशीले कोटको कलर समाई बस्छ टक्क,
छाता बुई चढ्या देख्दा म त आफैँ पर्छु छक्क ।।

सधैँ कोटमा झुन्डिराख्ने हजुरबाको छाता ।
परस्परमा दुवैका बीच गहिरो छ नाता ।।

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?