कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

हामी बालक

काठमाडौँ — कोही मुना आजका कोही कोपिला,
फक्रेपछि फुल्नछौँ हामी जोसिला ।

हामी बालक

कोही मुना आजका कोही कोपिला,
फक्रेपछि फुल्नछौँ हामी जोसिला ।
भोलि देश हाँक्नेछौँ हामी चालक,
भविष्यका हामी नै राष्ट्रपालक ।
मलजल पाएमा हामी बढ्नेछौँ
पढाउनु बाआमा ∕ धेरै पढ्नेछौँ ।
लक्ष्य हाम्रो दूर छ : माथि चन्द्रमा,
अलिक परै पुग्नेछौँ चौध—पन्ध्रमा ।
नदीजस्तै बगेर समुद्र भेट्नेछौँ,
आज दिनु सहारा भोलि प्यास मेट्नेछौँ ।
देश राम्रो फूलबारी हामी हौँ फूल,
भविष्यका जलदाता हामी नै मूल ।
हाम्रा पुर्खा गोर्खाली गाउँ वीर—गाथा,
चढ्ने भोलि हामी नै सगरमाथा ।
कलिलो यो बिहान घाम नछेक,
हामीलाई भुसुना कहिल्यै नदेख ।

प्रकाशित : वैशाख २, २०७५ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?