कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

नयाँ वर्ष

काठमाडौँ — चारैतिर उल्लास छ मनैभरि छायो हर्ष,
उमङ्गको बहार छर्दै आयो फेरि नयाँ वर्ष ।

नयाँ वर्ष

चारैतिर उल्लास छ मनैभरि छायो हर्ष,

उमङ्गको बहार छर्दै आयो फेरि नयाँ वर्ष ।

सौन्दर्यले भरिपूर्ण प्रकृतिको माझ,
हरियाली प्रकृतिमा नाच्दै आयो ऋतुराज ।
घमाइलो भो मौसम पनि बाक्लो हुस्सु हट्यो,
नयाँ वर्षसँगै यहाँ चिसो पनि सबै घट्यो ।
वनैभरि आँकुरा छन् पाखैभरि लालीगुराँस,
उजाड पाखापखेरामा उम्रँदै छ हरियो घाँस ।
रूखमा बसी कोइली चरी ‘कुहूकुहू’ गर्छ,
मीठो आवाज निकालेर सबको व्यथा हर्छ ।

आपसमा शुभभाव साटी रमाइलो गरौँ,
दु:खपीडा बिर्सी जीवन उत्साहले भरौँ ।
चारैतिर घुमफिर गरी आफन्तजन भेटौँ,
मनका भाव खोली सबै मनको न्यास्रो मेटौँ ।

वर्षभरि गर्ने कामको योजना छ साथमा,
योजनामा चले राम्रो फल आउँछ हातमा ।
नयाँ वर्ष साक्षी राखी लगनशील भई पढ्नुपर्छ,
ठूलो लक्ष्य राखी मनमा सधैँ अघि बढ्नुपर्छ ।

नयाँ वर्षसँगै तिमी कक्षा पनि चढ्छौ,
झोलाभरि कापीकिताब बोकी धेरै पढ्छौ ।
कक्षा चढेपछि तिम्रा हुन्छन् धेरै नयाँ साथी,
साथीसँग हातेमालो गर्दै चढ माथिमाथि ।

चारैतिर उल्लास छ मनैभरि छायो हर्ष,
उमङ्गको बहार छर्दै आयो फेरि नयाँ वर्ष ।

-कमल कोइराला

प्रकाशित : वैशाख २, २०७५ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?