२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फरक प्रेरणा

काठमाडौँ — इनिमा महर्जन अहिले १७ वर्षकी भइन् । काठमाडौंको स्वयम्भूस्थित च:मति टोलकी उनमा कानको समस्या छ । जन्मैदेखि एकपट्टिको कानले अलिअलि मात्र सुन्न सक्छिन् ।

फरक प्रेरणा

तैपनि उनी पढाइमा अब्बल छिन् । मोर्डन नेपाल एकेडेमीबाट २०७३ सालको एसईईमा ७९ प्रतिशत अंक ल्याई उत्तीर्ण भइन् । अहिले विजेश्वरी हायर सेकेन्डरी स्कुलमा कक्षा ११ मा व्यवस्थापन पढिरहेकी छन् ।

इनिमा पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सहभागी छिन् । भविष्यमा कुशल फोटोग्राफर बनेर नाम कमाउने उनको लक्ष्य छ । त्यसका लागि फाटोग्राफी तालिम लिइरहेकी छन् । फोटोग्राफीप्रतिको उनको यो लगाब देखेर अभिभावकले प्रोफेसनल क्यामेरा किनिदिएका छन् । त्यही क्यामेरा लिएर अहिले उनी कहिले मठमन्दिर त कहिले जात्रापर्वका दृश्य कैद गर्दै हिँड्छिन् । यसरी फोटो खिच्दाखिच्दै इनिमाले लुम्बिनी र काठमाडौंमा गरी दुई पटक फोटो प्रदर्शनीसमेत गरिसकेकी छन् । प्रदर्शनी हेर्न आएका सबैले उनले राम्रो काम गरेकोमा हौसला दिए ।


इनिमाले छोटो अवधिमै फोटोग्राफीमा राम्रो प्रगति गरेको प्रशिक्षक राजेन्द्र श्रेष्ठले बताए । यसरी नै मिहिनेत गर्दै गए इनिमा भविष्यमा एक कुशल फोटोग्राफर बन्ने प्रशिक्षक श्रेष्ठको दाबी छ । शारीरिक कमजोरीले उनको भविष्यप्रति सधैं चिन्तित अभिभावकहरू आफ्नी छोरीले फाटोग्राफीमा गरेको प्रगतिले दंग छन् ।


शारीरिक अक्षमताले आफूले लिएको लक्ष्यमा अघि बढ्न नरोक्ने इनिमाको पनि बुझाइ छ । भविष्यमा आफूजस्तै समस्यामा रहेकाहरूको हकअधिकारका लागि साथ दिने उनी बताउँछिन् ।

-हेमन्त श्रेष्ठ

प्रकाशित : चैत्र १८, २०७४ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?