ब्लाइन्ड कर्नर एक्सचेन्ज

खेल खेलौं

काठमाडौँ — यो खेलमा एक पटकमा ४ जना खेलाडी सहभागी हुन सक्छन् । यो खेलका लागि १० गुणा १० वर्गमिटरको एउटा घेरा चाहिन्छ भने एउटा ड्रमसेट (बाजा) आवश्यक हुन्छ । यो खेलमा ५ देखि ८ वर्षका बालबालिकाहरू सहभागी हुन सक्छन् ।

ब्लाइन्ड कर्नर एक्सचेन्ज

खेल्ने तरिका
यो खेलका लागि सबैभन्दा पहिले सहभागी सबै खेलाडीलाई प्रत्येक समूहमा ४–४ जना पर्नेगरी समूह विभाजन गर्नुपर्छ । त्यसपछि पहिलो समूहका खेलाडीको आँखामा पट्टी बाँधेर वर्गाकार कोठा वा घेराको एक–एक कुनामा एक–एक खेलाडीलाई उभ्याउनुपर्छ । त्यसपछि यसरी बसेका खेलाडीले बाजाको तालसँग ताल मिलाउँदै अगाडितर्फ बढेर अर्को कुनासम्म पुग्नुपर्छ । यसरी कुनातर्फ जाँदा प्रत्येक खेलाडीले आफ्नो दाहिनेतर्फ रहेको कुनातर्फ जानुपर्छ । यसरी कुनातर्फ अगाडि बढ्ने क्रममा खेलाडीले दायाँ–बायाँ गएमा वा विपरीत दिशातर्फ गएमा त्यस्तो खेलाडी अयोग्य मानिन्छ ।

यो कुरालाई खेल शिक्षकले विशेष दक्षताका साथ निगरानी गर्नुपर्छ । यसरी जुन खेलाडीले सबैभन्दा कम समयमा कुना साट्न सक्छ, त्यही खेलाडी अर्को चरणमा प्रवेश गर्छ । यो क्रम अन्तिम ४ जना खेलाडीबीच फाइनल खेल हुँदासम्म जारी रहन्छ ।

प्रकाशित : चैत्र १८, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?