चियर आर्क रेस
काठमाडौँ — खेल खेलौं
यो खेलमा एकपटकमा ८ देखिमाथि जति जना पनि बालबालिका सहभागी हुन सक्छन् । सहभागी खेलाडीहरूको उमेर ६ देखि १० वर्षको भए राम्रो मानिन्छ । यो खेलका लागि ५० मिटर लामो मैदान र २ वटा हात नभएको कुर्सी आवश्यक हुन्छ । यो खेलमा सहभागी हुने खेलाडीहरूले जोडेर राखेको कुर्सीको तलबाट पसेर
(चित्रमा देखाएजस्तै) निस्कनुपर्ने हुन्छ ।
खेल्ने तरिका
यो खेलमा सहभागी खेलाडीहरूले पालैपालो यो खेलमा सहभागी हुनुपर्छ । कुर्सीभित्र पसेर निस्कँदै दौड पूरा गरेको समयको आधारमा विजेता छनोट गर्न सकिन्छ ।
यो खेलमा सहभागी खेलाडीले खेल खेल्ने क्रममा कुर्सीभित्र पस्दा कुर्सीलाई छुनुहुँदैन न त कुर्सीलाई धक्का नै दिन सकिन्छ । यस्तो अवस्था सिर्जना भयो भने उक्त खेलाडी अयोग्य मानिन्छ ।
प्रकाशित : माघ ७, २०७४ ०८:२०प्रतिक्रिया