१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आच्छु !

काठमाडौं — आच्छु १ मलाई जाडो भयो, सिरक पनि छैन,
सिरक मात्र हैन मेरो घरबार नै छैन ।
सडक छेउमा बस्छु म त, चिसो भुइँमा सुत्छु,
जाडोबाट बँच्न म त, तातोतिर कुद्छु ।

आच्छु !

आच्छु १ मलाई जाडो भयो, सिरक पनि छैन,

सिरक मात्र हैन मेरो घरबार नै छैन ।
सडक छेउमा बस्छु म त, चिसो भुइँमा सुत्छु,
जाडोबाट बँच्न म त, तातोतिर कुद्छु ।

बिहानको चिसो शीत, यही हो मेरो गाँस,
सडक छेउमा बस्छु म त, यही हो मेरो बास ।
सेक्नलाई आगो होइन, चिसो मात्र पाउँछु,
आफ्ना दुस्ख सम्झेर म, दुस्खको गीत गाउँछु ।

लुगा पनि पातलो छ, न्यानो केही छैन,
अरू केही के भन्नु र ? खानेकुरै छैन ।
खङ्खङ् गर्दै खोकी लाग्छ, जाडो कति हुन्छ,
यही कुरा सोच्दा सोच्दै, मेरो मन रुन्छ ।

गरिबको जाडो कस्तो, कसले बुझिदेला ?
हाम्रो दुस्ख हाम्रो मर्म, कसले सुनिदेला ?
जाडो तिमी कहिले जान्छौ ? मर्म बुझिदेर,
जाडो तिमी कहिले जान्छौ ? दुस्ख सुनिदेर ।
-सिन्धु पौडेल, कक्षा : १०
महाकवि देवकोटा मेमोरियल माध्यमिक विद्यालय, काठमाडौं

प्रकाशित : मंसिर २४, २०७४ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?