कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कोही किन देब्रे हातले लेख्छन् ?

डा. सुमनराज ताम्राकार

काठमाडौं — बाराका ओबामा, बिल क्लिन्टन, पर्ल म्याकर्टनी, जर्ज माइकल, जुलियस सिजर, पेले र अमिताभ बच्चनजस्ता केही चर्चित व्यक्तिहरू सबैको समान बानी छ । उनीहरू सबैजना यस्ता प्रतिभाशाली व्यक्ति हुन्, जो देब्रे हात ज्यादा चलाउँछन् ।

कोही किन देब्रे हातले लेख्छन् ?

यस्ता देब्रेहाते (बायाँहाते) मानिस थोरै संख्यामा मात्र हुन्छन् । प्राय: व्यक्ति दायाँहाते नै हुन्छन् । देब्रेहाते व्यक्तिले सबैजसो काम गर्न मात्र होइन अक्षर लेख्दा पनि देब्रे हात नै चलाउँछन् । जसको देब्रे मस्तिष्क शक्तिशाली छ तिनीहरू दायाँहाते हुन्छन् । देब्रेहातेमा चाहिँ दायाँपट्टिको मस्तिष्क ज्यादा प्रभावशाली हुन्छ किनभने मस्तिष्कको दायाँ भागले शरीरको बायाँपट्टिका अंगहरूलाई नियन्त्रण गर्छ ।
टाउकोभित्र रहने मस्तिष्क मानव शरीरको स्नायु प्रणालीको केन्द्र हो । मस्तिष्कको निर्माण ६० बिलियन स्नायु र अन्य कोषबाट हुन्छ । मस्तिष्कमा सबैजसो चेतनाको विश्लेषण गर्ने तौरतरिका भने एकै प्रकारले हुन्छ । सेरेब्रम, सेरेबेल्लम र ब्रेन स्टेम गरी मस्तिष्कलाई प्रमुख ३ भाग हुन्छन् । मानव मस्तिष्कको कुल तौलमध्ये ८५ प्रतिशत ओगट्ने सेरेब्रमले स्मरण क्षमता, सोच, विश्लेषण र अनुभूति हासिल गर्न सघाउँछ । सेरेबेल्लमले शारीरिक नियन्त्रण र चाल तथा ब्रेन स्टेमले मस्तिष्क र सुषुम्ना नलीबीच साँघुको रूपमा काम गर्नुका साथै शारीरिक क्रियाकलापलाई पनि नियन्त्रित गर्छ । 
स्नायु प्रणालीअन्तर्गत मस्तिष्क, सुषुम्ना नली र स्नायुहरू पर्दछन् । स्नायु प्रणालीलाई फोन प्रणालीसँग तुलना गर्न सकिन्छ । दूरसञ्चार केन्द्र मस्तिष्क र स्नायु रेसा टेलिफोनका तारजस्तै हुन् । मस्तिष्कले नियन्त्रण केन्द्रको रूपमा र स्नायुहरूले सूचना प्रवाह गर्न सघाउँछन् । मेरुदण्ड (ढाड) भित्र रहने सुषुम्ना नलीले मस्तिष्क र स्नायुबीच साँघुका रूपमा काम गर्दछ । स्नायु प्रणालीको सबैभन्दा सानो संरचना स्नायुकोषलाई न्युरोन भनिन्छ । मानव शरीरमा ३० अर्ब न्युरोन हुन्छन । मस्तिष्कको कुनै भागमा रगत आपूर्ति गर्ने रक्तनलीमा अवरोध आउँदा त्यस भागमा रहेका स्नायु नष्ट हुन्छन् । ती स्नायुबाट सञ्चालित हुने काम प्रभावित हुने अवस्थालाई मस्तिष्काघात भनिन्छ । 

प्रकाशित : कार्तिक २६, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?