कहिले के बन्यो ? - कोपिला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कहिले के बन्यो ?

कान्तिपुर संवाददाता

काठमाडौं — दैनिक जीवनमा हामी कैयौं उपकरण प्रयोग गर्छौंं । तीमध्ये कतिपय उपकरण चलाउँदा हामीलाई त्यो कसले कहिले बनायो होला भन्ने जिज्ञासा हुन्छ ।

त्यसैले केही प्रमुख उपकरण, तिनका आविष्कारक र आविष्कार भएको मितिबारे जानिराखौं–
के ? कसले ? कहाँ ? कहिले ?

घडी, पेन्डुलम
क्रिस्चियन हयुगेन्स
हल्यान्ड–१६५६

स्टोभ
बेन्जामिन फ्रेन्कलिन
अमेरिका–१७४०

क्यामेरा
इस्टम्यान
अमेरिका–१८१८

रेफ्रिजेरेटर
जेम्स हेरिसन
स्कटल्यान्ड– १८५१

स्टोभ ग्यास
रबर्ट डब्लु बन्सेन
जर्मनी–१८५५

डाइनामाइट
अल्फ्रेड नोबल
स्बिडेन–१८६६

टाइपराइटर
क्रिस्टोफर सोल्स
इटाली–१८६७

टेलिफोन
अलेक्जेन्डर ग्राहम बेल
बेलायत–१८७६

मोटरसाइकल
एड्वार्ड बट्लर
बेलायत– १८४८

मोटर
कार्ल बेन्ज
जर्मनी–१८८५

टेलिभिजन (मेकानिकल)
जोन लर्ड वियर्ड
बेलायत– १९२६

टेलिभिजन 
इलेक्ट्रोनिक
पीटी प्रन्सवर्थ
अमेरिका– १९२७

रेडियो
मार्कोनी
इटाली– १८९५

हेलिकप्टर
लुई चाल्र्स ब्रक्बेट
फ्रान्स– १९०७

एसी
विलियस कारियर
अमेरिका–१९०२

अटोमोबाइल
कार्ल बेन्ज
जर्मनी– १९५५

प्रकाशित : भाद्र १८, २०७४ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्

चरा चिनाउँदै

मनोज पौडेल

काठमाडौं — उनी नेपाली होइनन् । तर नेपालका चरा, वन्यजन्तु र उच्च हिमशृंखलाले उनलाई नेपालसँग साइनो जोडेको छ । उनी बर्सेनि दुईपटक नेपाल आउँछन् ।

टाढाटाढा चरा, वन्यजन्तु, हिमशृंखला र मनोरम दृश्य क्यामेरामा कैद गर्छन् । बडेमाको लेन्स फैलाउँदै क्षणभरमै सुन्दर र मनमोहक तस्बिर मेमोरीमा सेभ गर्छन् । उनी हुन्, ६६ वर्षे अस्ट्रियन वाइल्ड लाइफ फोटो पत्रकार क्लाइड ओडोनेल ।

उनको जोसजाँगर कुनै युवाको भन्दा कम छैन । यति खारिएका छन् कि चरा र वन्यजन्तु देख्नासाथ लामो लेन्स सोझयाइहाल्छन् । सीप र अनुभवले गतिलो एंगलमा स्न्याप कैद गरिहाल्छन् । 
५० वर्षसम्म ल्यान्डस्केप फोटोग्राफीमा अनुभव सँगालेका क्लाइड पछिल्लो डेढ दशकदेखि वाइल्ड लाइफ फोटोग्राफीमा रमाएका छन् । १६ वर्षको उमेरदेखि क्यामेरा चलाउन थालेका उनी अहिले चल्तीका वाइल्ड लाइफ फोटो पत्रकार हुन् । उनै फोटो पत्रकार अहिले नेपालको पर्यटन प्रवद्र्धनमा लागेका छन् । 
उनी यहाँका वन्यजन्तु, चरा र रोमाञ्चक हिमशृंखलाबाट पर्यटकलाई लोभ्याउँछन् । नेपालमा फोटोग्राफी गर्दा पाएको ज्ञान, अनुभव, सूचना र जानकारी अस्ट्रियाका प्रकृतिप्रेमीलाई बाँड्छन् । अस्ट्रियामा नेपाली पर्यटन प्रवद्र्धन गरिरहेका छन् । उनले वर्ड ग्यालरी एसिया वेबसाइट पनि सञ्चालन गरेका छन् । चराप्रेमीका लागि उक्त वेबसाइट निक्कै लोकप्रिय छ । नेपालका तराईदेखि हिमालमा पाइने चरा पनि वेबसाइडमा राखेका छन् । ‘विश्वका ३० भन्दा बढी मुलुक घुमे पनि यहाँ जस्तो आनन्द अन्त कतै पाइनँ,’ उनी भन्छन्, ‘त्यही भएर नेपाल मेरो दोस्रो घरजस्तै भएको छ । यसैले नेपालप्रति मेरो लगाव बढेको छ ।’


२१ वर्षको अवधिमा उनी ४४ पटक नेपाल आइसकेका छन् । ‘अद्वितीय र रमाइलो संस्कृति, नजिकबाट देखिने हिमशृंखला, रोमाञ्चक पदमार्ग, वन्यजन्तु र चराको मनमोहक दृश्यावलोकन यहाँका मुख्य आकर्षण हुन्,’ उनी भन्छन् । उनले नेपालमा ३ सय ८० प्रजातिका चरा र ६५ वन्यजन्तुका रमाइला र चित्ताकर्षक तस्बिर खिचेका छन् । पुतली, फूल र प्राकृतिक मनोरम स्थलका तस्बिर पनि लिएका छन् । क्लाइड नेपालका अधिकांश राष्ट्रिय निकुञ्ज, आरक्ष र पर्यटकीय स्थलबारेका ठूला जानकार पनि हुन् । उनमा कला, संस्कृति र परम्पराको पनि गतिलो ज्ञान छ । त्यसैले उनी अस्ट्रियामा नेपालको संरक्षण क्षेत्रका गतिला जानकार मानिन्छन् । वर्षको दुई/दुईपटक उनी नेपालका वाइल्ड लाइफ र चराबारे अस्ट्रियन एबीसी रेडियो र टेलिभिजनलाई अन्तरवार्ता दिन्छन् । 
अस्ट्रेयाबाट निस्केका एक हजारभन्दा बढी संरक्षणसम्बन्धी पुस्तक, ब्रोस्योर, क्यालेन्डर, जर्नल र डायरीमा उनले नेपालमा खिचेका वन्यजन्तु र चराका तस्बिर प्रकाशित छन् । उनले खिचेका नेपालका तस्बिरले अस्ट्रियामा धेरै वाइल्ड लाइफ पुरस्कार र सम्मान पाइसकेका छन् । 
‘नेपालका बाघ, हिउँ चितुवा र गैंडासँग रमाउन धेरै विदेशी आकर्षित हुन्छन्,’ उनको अनुभव छ, ‘डाँफे, मुनाल, खरमुजुर, काँडे भ्याकुर र हिमालय कुटिया चराले विदेशीलाई लोभ्याउँछन् ।’ 
अस्ट्रियाको भिक्टोरियामा बस्ने उनी हिँड्दा सधैं १२ किलोको झोला बोक्छन् । झोलमा दुइटा क्यामेरा हुन्छन् । अहिलेको चल्तीका महँगो सेभेन डी मार्क सेकेन्ड र फाइभ डी मार्क । त्यसमा टु प्वाइन्ट एटको सय–चार सय जुम र द–िअठारको वाइड लेन्स हुन्छ । अनि गतिलो ट्राइपोट । उस्तै झोला । करिब १८ लाख रुपैयाँका उपकरण बोकेर उनी सधंै राम्रा राम्रा चरा र प्राकृतिक छटाको खोजीमा डुलिरहेका हुन्छन् ।

प्रकाशित : भाद्र १८, २०७४ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×