कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

छालाबारे बुझौं

छाला मानव शरीरको सबैभन्दा ठूलो संवेशदनशील अंग हो । वयस्क मानिसमा करिब १.८६ वर्ग मिटर छाला हुन्छ । हामी छालाले स्पर्श गरेर कुनै पनि वस्तुबारे थाहा पाउन सक्छौं ।

छालाबारे बुझौं

यसले जीउलाई ढाकेर शरीरभित्र रहेका अंगप्रत्यंग, हड्डी र मांसपेशीलाई बचावट गर्छ । शरीरमा छाला बन्ने र झर्ने क्रम जारी हुन्छ । प्रत्येक मिनेटमा ३० देखि ४० हजार मृत कोष झर्छन् ।
मानव शरीरको बाहय सतहमा संवेदनशील स्नायुको पुछार हुन्छ । तिनीहरूले तातो, चिसो, स्पर्श, पीडा र चाप गरी ५ किसिमका संवेदनाका सूचना प्राप्त गर्छन् । यस्तो सूचना तत्कालै मस्तिष्कमा पुर्‍याई वस्तुको बनावट, प्रकृति र तापक्रम थाहा पाउन मद्दत गर्छ । तातो चिसोजस्तै वस्तु विशेषको खस्रो, चिप्लो, नरम, कडा थाहा पाउन छालामा विभिन्न प्रकारका रिसेप्टर हुन्छ । कतिपय स्पर्शका लागि यस्ता रिसेप्टरलाई हल्का चाप भए पुग्छ भने कतिपयलाई निकै दबाउनुपर्छ । ओठ, जिब्रो, औंलाको टुप्पा, पैताला मानव शरीरका निकै संवेदनशील त्वचा भएका अंग हुन् । 
छालामा दुई तह हुन्छ । माथिल्लो तह (इपिडर्मिस) मृतकोषबाट निर्मित हुन्छ । त्यसको मुनि छालालाई मुलायम बनाइराख्न आवश्यक पर्ने चिल्लो उत्पादन गर्ने ग्रन्थी समेटिएको डर्मिस हुन्छ । डर्मिसमा रक्तनलीका आखिरी भाग तथा रौंका जरा पनि हुन्छन् । डर्मिसमुनि शरीर न्यानो बनाइराख्न आवश्यक पर्ने बोसोयुक्त तन्तु हुन्छ ।
छालाले शरीर सुक्खा हुन र तापक्रम नियन्त्रण गर्न मद्दत गरी शरीरलाई बचाउँछ । अत्यधिक गर्मीमा पसिना निकालेर तथा अत्यधिक चिसोको बेला काँडा उमारेर शरीरलाई बचाउँछ । साथै धुलो, कसिंगर, कीटाणु र सूर्यको प्रकाशबाट पनि जोगाउँछ ।
कसैका छाला कालो त कसैको सेतो हुन्छ । छालामा रहने मेलानिन तत्त्वले छालाको रङ निर्धारण गर्छ । अफ्रिकी मूलका निग्रोहरूको छालामा मेलानिनको मात्रा बढी हुन्छ । मेलानिनले सूर्यको प्रकाशमा हुने अल्ट्राभ्वायलेट किरणबाट पनि जोगाउँछ ।

प्रकाशित : असार १८, २०७४ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?