कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वाद कसरी थाहा पाइन्छ ?

जिब्रोले स्वाद थाहा पाउँछ । कुरा गर्न र चपाउन पनि सघाउँछ । जिब्रोको सतहमा स्वाद थाहा पाउने स–साना डल्ला (टेस्ट बड) हुन्छन् । यसैको मद्दतले हामी आफूले खाएका, पिएका वस्तुको स्वाद थाहा पाउँछौं । जिब्रोको सतहमा १०००० जति यस्ता टेस्ट बड हुन्छन् । ती बडहरूको माध्यमबाट गुलियो, तीतो, अमिलो र नुनिलो स्वाद थाहा पाउँछौं ।

स्वाद कसरी थाहा पाइन्छ ?

ती टेस्ट बडमा हुने कोषको पुछारतिर निकै मसिना र संवेदनशील स्नायुका रेशाहरू हुन्छन् । ती संवेदनशील रेशाबाटमार्फत प्राप्त सूचना मस्तिष्कमा पुग्छ । अनि हामीलाई थाहा हुन्छ, यो कुन स्वादको हो भनेर । यी डल्लाको औसत आयु १० दिनको हुन्छ । त्यसपछि फेरि नयाँ पलाउँछन् ।

स्वाद किन फरक–फरक ?
हाम्रो मुखबाट निस्कने र्‍यालमा ९८ प्रतिशत पानी हुन्छ । २ प्रतिशत इन्जाइम र टाइलिन हुन्छ । हामीले खाएको खाना र्‍यालमा मिसिएपछि त्यसमा भएका रसायनहरू सक्रिय हुन्छन् । त्यसपछि स्वाद थाहा पाउन सजिलो हुन्छ । मानिसले सबैभन्दा मन पराउने स्वाद गुलियो र नुनिलो हो । सानैदेखि यी खानेकुरा बढी प्रयोग गर्ने हुनाले त्यसैमा बानी बस्छ । त्यसैले पनि हामीलाई ती खाना मन पर्छ । धेरै प्रयोग नहुने स्वादको रुचि भने व्यक्तिपिच्छे फरक–फरक हुन्छ । एउटालाई स्वादिलो लागेको खानेकुरा पनि अर्कोलाई कम स्वादिलो वा मनै नपर्ने पनि हुन सक्छ ।

स्वादले के फरक पार्छ ?
बिग्रेका र बासी खानेकुरा दुर्गन्धित हुन्छन् । साथै तिनको स्वाद पनि एकदमै नमीठो हुन्छ । त्यसरी जिब्रोले नमीठो मान्नुको अर्थ, त्यो खाद्य पदार्थ खान लायक छैन भनेर जिब्रोले सूचना दिनु पनि हो । यस्ता खाना विषाक्त र हानिकारक पनि हुन सक्छन् । स्वस्थकर र स्वादिलो खानाले शारीरिक तन्दुरुस्ती त राख्छ नै, मानसिक सन्तुष्टिसमेत दिन्छ । मीठो खाना खाएपछि हामी आनन्दित हुन्छौं ।

तारन्तार खाइरहनु राम्रो हो ?
सामान्यत: मुखभित्रको वातावरण अर्थात् मुखभित्र हुने र्‍याल हल्का क्षारीय हुनुपर्छ । खानेकुरा पटक–पटक खानाले मुखभित्रको क्षारीयपना घट्न जान्छ । त्यसैले पटक–पटक खानेकुरा खाइरह्यो भने अम्लीय वातावरणबाट सामान्य अवस्थामा फर्किन २० देखि ४० मिनेटसम्म समय लाग्न सक्छ । त्यसैले तारन्तार ठोस खानेकुरा खाइरहने बानीले बाक्लो र्‍याल उत्पादन हुन्छ । यसले मुख सफा रहन पाउँदैन ।

चुइगम खाने बानी कस्तो हो ?
ठोस खानेकुरा मिसाउन बाक्लो र्‍याल चाहिन्छ । र्‍याल जति पातलो हुन्छ, त्यसमा त्यति नै दाँतका लागि फाइदाजनक क्याल्सियम र फोस्फेट हुन्छ । त्यसैले सुगर कम भएको चुइगम चपाउनु राम्रै हो । चुइगम चपाउँदा र्‍याल उत्पादन बढ्यो भने क्याल्सियम र फोस्फेट पनि बढ्छ । यसले सुरुवाती अवस्थाको कीराले दाँत खाने समस्या पनि घट्छ । तर गुलियो चुइगम छ भनेचाहिँ यसले दाँत कीराले खाने समस्या गराउन सक्छ । मुखको स्वास्थका लागि चकलेट पनि लाभदायक हुन्न । नेपाली समाजमा आमाले बालबालिकालाई खानेकुरा चपाएर ख्वाउने र मायाले ओठ–मुखमा चुम्बन गर्ने चलन छ । यस्तो गर्दा आमाको दाँत कीराले खाएको छ भने र्‍यालबाट त्यो समस्या बच्चामा पनि सर्न सक्छ ।

प्रकाशित : जेष्ठ २८, २०७४ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?