कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काँगडाको कथा

रामबहादुर रावल

पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौँ कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ हामीले हिमाल उठायौँ एसियाको माझमा सभ्यता वास बसेथ्यो आएर यहीँ साँझमा

राष्ट्रकवि माधव घिमिरेको यो गीत नसुन्ने नेपाली कोही छैन होला । 'गाउँछ गीत नेपाली' बोलको गीतले सबै नेपालीलाई जुरुकजुरुक उचाल्छ । तिमीहरुले पनि यो गीत सुनेका हौला । यस गीतमा प्रयोग भएका ठाउँका नामहरू धेरैजसो नेपालभित्रै छन् । तर, टिस्टा र काँगडा अहिलेको नेपालको सिमानाभित्र छैनन् । टिस्टा र काँगडा नेपालका पुराना सिमाना हुन् । टिस्टा काठमाडौँदेखि पूर्व करिब ८ सय किलोमिटर टाढा पर्छ । काँगडा भने करिब दोब्बर टाढा पश्चिममा पर्छ । यी दुवै ठाउँ अहिले भारतमा छन् ।
पूर्वी नेपाल र भारतका सिक्किम, दार्जीलिङ जस्ता ठाउँसँग नेपालीको सम्पर्क बढी छ । किनभने, पूर्व-उत्तर भारतमा नेपाली भाषा बोल्ने मानिस धेरै छन् । भाषा र संस्कृतिको कारणले टिस्टा क्षेत्रका बारेमा हामीलाई बढी जानकारी हुन सक्छ । त्यस क्षेत्रका समाचार, साहित्य र गीतसंगीतले पनि हामीलाई टिस्टाबारे जानकारी दिइरहेको हुन्छ । तर, काँगडाका बारेमा अति कम खबर आउँछन् । त्यसैले यसपालि हामी काँगडाका बारेमा केही कुरा गरौं है त !
काँगडा नेपालको महाकाली नदीबाट पश्चिम ७ सय १६ किलोमिटर टाढा छ । भारतको हिमाचल प्रदेशको एउटा जिल्लाको नाम हो, काँगडा । चर्चित काँगडा किल्ला रहेको ठाउँलाई भने पुराना काँगडा भनिन्छ । यो काँगडाको मूल बजारबाट केही टाढा छ ।

प्रकाशित : चैत्र ४, २०६९ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?