१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
अन्तर्वार्ता

‘बीसौँ वर्ष राजनीतिमा लागेकाले केही गर्न सकेनन्‚ अब हामी गर्छौं’

गुल्मी — २०७० सालमा तत्कालीन गुल्मी क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस नेता चन्द्रकान्त भण्डारीले यसपटक पनि सोही स्थानबाट उम्मेदवारी दिएका छन् । 

‘बीसौँ वर्ष राजनीतिमा लागेकाले केही गर्न सकेनन्‚ अब हामी गर्छौं’
उनै भण्डारीसँग चुनावी सरगर्मी‚ उनले गुल्मीवासीका लागि गरेका सम्झनलायक काम र अबको एजेन्डाका विषयमा कान्तिपुरका लागि गगनशिला खड्काले लिएको अन्तर्वार्ता:

तपाईं यो पटक पनि चुनावी मैदानमा हुनुहुन्छ । खास केका लागि तपाईंको उम्मेदवारी हो ?

मुलुकलाई रिफर्म गर्नुपर्ने भएको छ । मुलुकमा २०औं वर्ष राजनीतिक नेतृत्व गरेका व्यक्तिहरूले गर्न नसकेको त्यो रिफर्म कसले गर्न सक्छ त भन्दा नयाँ पुस्ताको नेतृत्व गर्ने व्यक्तिले नै गर्ने हो । अब हामीले काम गरेर पर्फर्म देखाउनुपर्छ । त्यो पर्फर्म देखाएपछि समाजमा ट्रान्स्फर्म हुन्छ भन्ने मान्यतालाई पुष्टि गर्नका लागि म चुनावी मैदानमा छु ।

तपाईं यसअघि पनि एकपटक सांसद भइसक्नुभएको छ ? त्यतिबेला सम्झनलायक त्यस्तो के काम गर्नुभयो ?

पहिलो कुरा २०७० सालमा गुल्मेली जनताले मलाई संविधान निर्माणका निम्ति पठाउनुभएको थियो । पहिलोपल्ट संविधान निर्माण गर्नका लागि पठाएका साथीहरूले संविधान निर्माण गर्न सक्नुभएन र हामी गएर संविधान बनायौँ ।

दोस्रो कुरा मैले पहिलो पटक तत्कालीन गुल्मी क्षेत्र नं. २ को सांसदको हिसाबले प्राप्त गरेको अवसरलाई अधिकतम प्रयोग गर्नुपर्छ भनेर गुल्मीलाई नमुना जिल्ला बनाउन सक्छु भन्ने सपना बोकेको थिएँ । त्यो सपना कहाँबाट पूरा गर्न सक्छु भन्ने लाग्यो भने हामी गुल्मेलीहरूले धेरै नै पीडा भोगेको सडक हो बुटवल–तम्घास सडक । जुन खण्डअन्र्तगत पर्ने सिद्धबाबामा हाम्रा धेरै दाजुभाइ–दिदीबहिनीले ज्यान गुमाएका छन् । त्यो पीडालाई कम गर्नका लागि मैले गुल्मेली जनतालाई सालझण्डी, दर्गाफाँट तम्घास सडक उपहार दिन्छु भनेर प्रतिबद्धता गरेको थिएँ । म सांसदका रुपमा निर्वाचित भएर गइसकेपछि त्यो सडकलाई प्राथमिकतामा राखेर सालझण्डी सडक सुरु गर्‍यौं । अनगिन्ती सडक र पुलहरू त्यतिबेला मेरो कार्याकालमा सुुरु गर्‍यौँ । खानेपानीका योजनाहरू पनि सुुरु गर्‍यौं । लिफ्टको पानी नै ल्यायौँ । सीमान्तीकृत बस्तीहरूमा करिब ४ सय घरहरू बनायौँ । गुल्मीको छुट्टै पहिचानका निम्ति रिडीमा तीनमुखे निर्माण गर्‍यौँ ।

तपाईंले मतदातामा राखेका चुनावी एजेन्डाहरू के–के हुन् ?

पहिलो कुरा त यो भ्रष्टाचारको अन्त्य गरेर कानुनले काम गर्नुपर्‍यो । कानुनले आत्मसमर्पण गर्नुभएन, नेतासँग, नेतृत्वसँग र कर्मचारीहरूसँग । कानुन स्वार्थ उन्मुख हुनुभएन । नेपालमा किसानहरूको मुख्य समस्या भनेको अहिले बाँदरले दु:ख दिइरहेको छ । त्यो समस्या समाधानका लागि पहल गर्नेछु । अर्को कुरा राजाको पालादेखि जनताका समस्या भनेको सामान्य आधारभूत आवश्यकता पनि पूरा भएका छैनन् ।

खानेपानी, बिजुली, सडक, खाना, नाना, छाना, स्वास्थ्य, शिक्षा, युवाहरू खाँडी मुलुक जानुपर्ने समस्या छन् । यसको जड के हो त ? यसको समाधान के हो त ? यी समस्याहरू समाधान गर्ने नै मेरा एजेन्डा हुन् ।

प्रकाशित : मंसिर १, २०७९ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?