कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालले अनुसन्धान युनिट बलियो बनाउनुपर्छ : लोरी ह्यान्डरहान 

कान्तिपुर संवाददाता

लोरी ह्यान्डरहान, संयुक्त राष्ट्रसंघीय मानव बेचबिखनविरुद्धको कार्यदलकी पूर्वसदस्य

विदेशी यौन दुराचारीहरूले नेपाललाई किन गन्तव्य बनाइरहेका छन् ?
पश्चिमा मुलुकका पुरुष दुराचारीहरू नेपालको प्रहरी प्रशासन, अभियोजनकर्ता र अदालती संयन्त्र भ्रष्ट रहेको र उनीहरूलाई पैसाको भरमा सजिलै किन्न सकिन्छ भन्ने मान्यतामा विश्वास गर्छन् । पिटर डलग्लिसजस्ता उच्च ओहोदाका र धेरै तलब खाने धनीमानीहरू यस्तो वातावरणको फाइदा उठाइरहेका छन् ।

नेपालले अनुसन्धान युनिट बलियो बनाउनुपर्छ : लोरी ह्यान्डरहान 

नेपालमा पक्राउ परेका अधिकांशले बालबालिकासँगको यौनजन्य गतिविधिको फोटो र भिडियो खिचेको देखिन्छ । त्यसको उद्देश्य के हो ?

बालयौन दुराचारीहरू बालबालिकासँग बलात्कार र यौनजन्य गतिविधिको फोटो, भिडियो खिच्ने र कतिपयले त्यसको ‘लाइभ’ समेत गर्ने गर्छन् । यस्तो गर्नुको पनि कारण छ । जस्तो, बालजन्य यौन गतिविधिको फोटोको अनलाइन माध्यमबाट बिक्री गर्नु, यस्ता फोटो र भिडियो हेर्दै बालबालिकालाई भएको दुखाइ र छटपटी हेरेर आनन्द मान्दै हस्तमैथुन गर्नु र ‘पेडोफाइलहरूको भर्चुअल नेटवर्क’ मा त्यस्ता गतिविधि समेटिएका फोटो र भिडियो सेयर गरेर वरिष्ठ कहलिनु ।


उदाहरणका लागि, हालै मात्र अमेरिकाको वासिङ्टन डीसीस्थित मेयर कार्यालयका कानुनी सल्लाहकार टोम मोयर चाइल्ड पोर्नोग्राफीको आरोपमा पक्राउ परे । टम मोयर अनलाइन प्रत्यक्ष प्रसारणमा संलग्न थिए, जहाँ केही अपराधीहरूले साना बालबालिका बलात्कार भएको घटना हेरिरहेका थिए । अक्सर बालयौन दुराचारीहरू बालबालिकासँगको यौन गतिविधिको फोटो र भिडियो खिच्दा आफ्नो परिचय खुल्ने कागजात वा अफिसियल पोसाक देखाउँछन् । किनभने उनीहरू बालयौन दुराचारीहरूको समूहमा आफ्नो गतिविधि प्रमाणित गर्दै आफूमाथि घमण्ड गर्छन् ।


चाइल्ड पोर्नोग्राफिक सामग्री र बालयौन दुराचारबीच केही सम्बन्ध छ ?

बालबालिकामाथि गर्ने क्रूर बलात्कार र यातना नै चाइल्ड पोर्नोग्राफी हो । यसमा संलग्नलाई हामी बालयौन दुराचारी पनि भन्छौं । चाइल्ड पोर्नोग्राफी र पेडोफिल्सजस्ता दुवै शब्द चलनचल्तीबाट हटाउनुपर्छ किनभने यिनले बालबालिकामाथि हुने अपराधको अर्थ बोक्दैनन् । पेडोफिल्सहरू बालयौन अपराधी र बालबालिकाको बलात्कार गर्ने व्यक्ति हुन् । चाइल्ड पोर्नोग्राफी बालबालिकाको बलात्कारमा हुने व्यापार हो ।


नेपालले कसरी बालयौन दुराचारीहरूविरुद्ध कदम उठाउन र अन्तर्राष्ट्रिय समुदायबाट यस काममा सहयोग लिन सक्छ ?

बालयौन दुराचारको अनुसन्धान गर्न साइबर क्राइम युनिटको स्थापना गर्ने, त्यसमा दक्ष जनशक्ति र प्रविधिमा लगानी गर्ने विषयलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ । यस्तो इकाईमा अत्याधुनिक सूचना प्रविधि जानेका सयौं दक्ष अनुसन्धानकर्मीको खाँचो पर्छ ।


यस्तो इकाईमा तालिमप्राप्त दक्ष अभियोजनकर्ता, कानुनी रणनीति निर्माण गर्न सक्ने न्यायाधीश हुनु जरुरी हुन्छ । अन्तर्राष्ट्रिय समुदायले पनि बालयौन दुराचारीहरू विरुद्ध लड्न नेपाललाई आवश्यक आर्थिक सहायता गर्नु आवश्यक छ ।

प्रकाशित : कार्तिक ३०, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?