चियाको चुस्की लिँदै बाँदर

कान्तिपुर संवाददाता

काठमाडौँ — जाडोको मौसम छ । जाडोयाममा मानिसहरु चिसिएको शरीर तताउन टोपी, पन्जा, स्वेटर, कोट लगाउनेदेखि तात्तातो खानेकुरा खान्छन् । यस्तैमा मानिसहरुको जाडोको प्रिय पेय हो चिया । त्यसै पनि गफगाफको थलो चिया पसलमा जाडो याममा भीड नै लाग्ने गर्छ । 

शुक्रबार चियाको चुस्की लिँदै गरेको बाँदरको फोटोले सबैको ध्यान खिचेको छ। चुलोको छेउमा एउटा बाँदरले गिलासबाट चिया पिउँदै गरेको देखिन्छ।


महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै गरेको बाँदरको यो फोटो राससका लागि धनवीर महतोले खिचेका हुन्। प्रकाशित : माघ १०, २०७६ १५:४६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

६ हजार घूससहित ओभरसियर पक्राउ

एलिसा श्रेष्ठ

भोजपुर — भोजपुर नगरपालिका भूकम्प शाखाका ओभरसियर प्रकाश तिवारी घूससहित पक्राउ परेका छन् । अख्तियारले घूस लिँदै गरेको क्रममा रंगे हात पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले तिवारीलाई प्रधान होटल एन्ड लज डाँडागाँउ भोजपुरबाट पक्राउ गरेको हो । उनले भूकम्प पिडितले पाउने अनुदान बापतको घर निर्माण पश्चात सिफारिस गर्ने क्रममा ६ हजार घूस लिएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए ।

पक्राउ परेका तिवारीलाई नियन्त्रणमा लिई इटहरी लगिएको र थप अनुसन्धानका लागि काठमाडौं पठाइने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ ।

प्रकाशित : माघ १०, २०७६ १५:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×