कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

लामपुछ्रे चराविरुद्ध उजुरी परेपछि...

नारायण खड्का

अस्ट्रेलिया — सिड्नीको उत्तरी क्षेत्रमा एउटा म्यागपाई (लामपुछ्रे चरा)ले आतंक मच्चाएपछि त्यसलाई गोली हानेर मारिएको छ । उक्त चराको उपद्रो विरुद्ध सो क्षेत्रबाट ३ दर्जन बढी उजुरीहरु परेपछि स्थानीय काउन्सिलले मार्ने निर्णय गरेको हो । 

लामपुछ्रे चराविरुद्ध उजुरी परेपछि...

स्थानीय समाचारमाध्यम एबिसीका अनुसार सिड्नीको बेल्ला भिष्टा क्षेत्रमा उक्त लामपुछ्रे चराले विगत तीन वर्षदेखि आतंक मच्चाउँदै आएको थियो । उक्त चराको आक्रमणबाट केही स्थानीयवासीलाई अस्पताल भर्ना समेत गर्नुपरेको थियो । उक्त क्षेत्रको काउन्सिल हिल डिस्ट्रिकले उक्त चरालाई सुहाउँदो मौसम आउनुअघि नै मार्ने निर्णय गरेको हो ।

काउन्सिलका प्रवक्ताले सो चरा स्थानीय जनताहरुको सुरक्षाका लागि खतरा भएको र डरलाग्दो व्यवहारमा उत्रिएको बताएका छन् । उनले एक विज्ञप्ति मार्फत उक्त चरा मानिसहरुले लगाएको हेल्मेट मुनिबाट समेत आक्रमण गर्न थालेको सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त चरा अत्यन्तै आक्रामक र असाधारण किसिमले आफ्नै क्षेत्र जमाउन थालेको समेत बताइएको छ ।

उक्त चराले विशेष गरेर साइकलयात्रीहरुलाई निशाना बनाउने गरेको थियो । स्थानीय निडर र डरलाग्दो पंक्षी नदेखेको प्रतिक्रिया दिएका छन् । काउन्सिलले उक्त चराको आक्रमणलाई निस्तेज पार्न अनेकौं प्रयास गरेको भएपनि असफल बनेको थियो ।

उक्त चरालाई सो क्षेत्रमा ‘विण्डसर रोड मन्स्टर’ विण्डसर सडकको राक्षस नाम दिइएको थियो । उक्त चराका बारेमा उजुरी परेपछि काउन्सिलले मार्नुको साटो त्यसलाई अन्यत्रै स्थानमा सार्नका लागि धेरै पहल गरेको भएपनि उक्त कोशिस असफल भएको एबिसीले जनाएको छ ।


उक्त चरालाई मार्नका लागि न्यु साउथ वेल्सको नेसनल पार्क एण्ड वाइल्ड लाइफ सर्भिसबाट अनुमति लिइएको थियो भने न्यु साउथ वेल्स प्रहरीको सुपरिवेक्षणमा उक्त कार्य सम्पन्न गरिएको थियो । काउन्सिलले सामान्यतया मार्ने निर्णय लिनुको साटो चराको खतरा भएको स्थानमा चेतावनी दिने किसिमका सूचनाहरु राखेको जानकारी दिएको छ ।

उक्त चरालाई मार्ने निर्णय गरिएकोमा स्थानीयवासीहरु नै विभाजित छन् । अस्ट्रेलियाको एनिमल जस्टिस पार्टीले चराको मृत्युले उक्त चराको परिवारलाई खतरामा पारेको बताएको छ । यसका साथै उक्त पार्टीले विशिष्ट र बहुमुल्य चराको भविश्यप्रति चिन्ता समेत व्यक्त गरेको छ ।


प्रकाशित : भाद्र १७, २०७६ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?