३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

डकुमेन्ट्रीमा तान्जे गाउँको ‘हनी हन्टिङ’ (भिडियोसहित)

काठमाडौँ — नेपालमा सदीयौंदेखि चलिआएका केही यस्ता लोपोन्मुख परम्परा छन् जुन निकै आश्चर्यजनक र जोखिमपूर्ण छन् । यस्तै एउटा परम्परा लमजुङको तान्जे गाउँमा प्रचलित छ जसलाई ‘हाइ क्लिफ हनी हन्टिङ’ अर्थात् भिर मौरीको मह शिकार भन्ने गरिन्छ ।

डकुमेन्ट्रीमा तान्जे गाउँको ‘हनी हन्टिङ’ (भिडियोसहित)

यो परम्परा करिब २०० वर्ष अघि बाउबाजेका पालादेखि सुरु हुँदै आएको भन्ने उनीहरूको भनाइ छ ।


वरिपरि घनघोर जङ्गल रहेको तान्जे गाउँ पुगेर फोर एएम प्रोडक्सनको सहयोगमा नेपाल एठ वन्डरले डकुमेन्ट्री तयार गरेको छ । डकुमेन्ट्रीमा ४५ वर्षसम्म मह शिकार गरेका कृष्णबहादुर तामाङलगायतको अनुभव छ ।

भिडियो


मह काढ्ने प्रक्रिया निकै कलात्मक पनि देखिन्छ । ‘यसमा केही सिकारीहरू मौरी भगाउन भिरको फेदबाट आगो बाल्न थाल्छन्, जसले गर्दा धुँवा को मुस्लो माथि मौरी को घार सम्म पुग्छ । अरू केही सिकारी भिरको माथि पट्टि डोरी र सिडी कस्न थाल्छन् । त्यसपछि एक जना सिकारी माथिबाट त्यो डोरी र सिंढी प्रयोग गरेर मौरीको घार भएको ठाउँ पुग्छ र मह काढ्न थाल्छ । त्यो बेला, यो काम गर्न लगभग १६ जना शिकारी र पूरै १० घण्टा समय लागेको थियो,’ डकुमेन्ट्री निर्माणमा संलग्न हेमन्त भण्डारीले आफ्नो अनुभव सुनाए ।


‘भ्रमणमा शिकारीहरूलाई प्रोत्साहन गर्न भोज डील्स कम्पनीले खानेकुराको प्याकेजहरू पठाइदिएको थियो । हामीले ती प्याकेजहरू उनीहरूलाई हस्तान्तरण गर्‍यौं, उनीहरू निकै उत्साहित देखिन्थे,’ उनकोको सम्झना छ ।


सुजन निरौलाले डकुमेन्ट्री लेखेका हुन् ।

प्रकाशित : जेष्ठ २९, २०७५ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?