१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बिमानस्थलमा नाङ्गै दौडिएपछि...

एजेन्सी

फुकेट (थाइल्याण्ड) — यौनवद्र्धक औषधि भियग्रा खाएर थाईल्याण्डको फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा होहल्ला गर्ने एक अमेरिकी नागरिक पक्राउ परेका छन् । थाई प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

बिमानस्थलमा नाङ्गै दौडिएपछि...

फुकेट बिमानस्थलमा कोरियाको इन्चोन जान लागेका उनी नग्न अवस्थामा थिए र उनले एयरपोर्टका कर्मचारी र अन्य यात्रुहरुलाई दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको छ ।


ति अमेरिकी नागरिक स्टिभ चो भएको थाई प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनले आफूले धेरै मात्रामा भियग्रा खाएकाले सन्तुलन बाहिर गएको स्वीकारेको थाई प्रहरीले जनाएको छ ।


प्रहरीले पक्राउ गरेपछि उनको कोरिया यात्रा रोकिएको छ भने उनलाई फुकेटको एक अस्पतालमा राखेर उपचार गरिएको छ ।


प्रकाशित : पुस २५, २०७४ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?