म्याग्दीमा बाढीले दुई बालिका बगायो, विद्यालयसहित ८ घर पुरिए

भीषण वर्षापछि बेनी नगरपालिका–२, बगरफाँटस्थित कोटखोलामा आएको बाढीले दुई बालिका बगाएको छ । उनीहरुको अवस्था अज्ञात छ । शनिबार राति ११ बजे कोटखोला खहरेमा आएको बाढीले बगाउँदा ७ वर्षीया अनुस्का र १० वर्षीया प्रविना परियारलाई बगाएको हो ।

प्रधानमन्त्रीले उद्घाटन गरेका विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणका क्रममा गुणस्तरहीन भेटिएका यी बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस चढेर सिंहदरबारसम्म गएका थिए । 

दसैंमा घर जाने टिकट लिन नयाँ बसपार्कमा ठेलमठेल भीड

दसैंका लागि आज आइतबारबाट टिकट बुकिङ खुला गरिएको छ । बुकिङ खुला गर्नु अघिल्लो दिन शनिबार नयाँ बसपार्कमा यात्रु बोक्ने गाडीको प्राविधिक पक्षको चेकजाँच गरिएको थियो । अघिपछि पनि शंका लागेको गाडीको कन्डिसन चेकजाँच गरेर मात्र गन्तव्यमा पठाइने यातायात व्यवस्था विभागले जनाएको छ ।

एउटा विस्फोटले उजाडेको जीवन

गौशालाको एउटा लज । फराकिलो कोठाको दुवै छेउमा लस्करै खाट छन् र त्यसमाथि केही थान खोल नहालिएका मैला सिरक ।  खाटको छेउमा टुसुक्क बसेका छन् झन्डै चार महिनादेखि दिनचर्या बिथोलिएका एक अधबैंसे । अस्पताल, प्रहरी चौकी र फेरि अस्पताल गर्दागर्दै थाकेका, पहिल्यै मरेको भए पनि हुन्थ्यो भन्दै आफैंसँग दिक्क मानिरहेका मान्छे । अर्थात् ६० वर्षीय छोटु ठाकुर ।

सरकारको कामबाट सन्तुष्ट छैनौं : अध्यक्ष दाहाल

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारको कामबाट सन्तुष्ट नभएको बताएका छन् । विराटनगरमा आइतबार पत्रकारसँग उनले उक्त धारणा राखेका हुन् ।

बाल दिवसले यस्तो सिकायो

बिहानीको सूर्यको किरणसँगै मीठो निद्राबाट बुँझिएँ म  । मन त्यसैत्यसै रोमाञ्चित भइरहेको थियो, कारण हाम्रो विद्यालय इडन ब्रिज एकेडेमीले बाल दिवस मनाउने भनेर प्रिन्सिपल प्रेम राई सरले भन्नुभएको थियो  ।

मूल्यवृद्धि अचाक्ली, डडेलधुरा आक्रान्त 

बजेट आउन दुइ महिना बाँकी छँदै दैनिक उपभोग्य वस्तुलगायतमा सुरु भएको मूल्यवृद्धि चाडबाड नजिकिँदै जाँदा झन् आकाशिएको छ । तराईका कैलाली, कञ्चनपुर र पहाडी जिल्लामा महँगी अचाक्ली बढेको हो ।

लोगो लुकाएर टेम्पो यात्रा

बिहीबार मध्याह्न साढे १२ बजे । गुलाबी रङको साडीमा चिटिक्क परेर नेकपा सांसद इन्दुकुमारी शर्मा जोरपाटी–शंखमूल रुटको टेम्पो चढी नयाँ बानेश्वर आइपुगिन् । संघीय संसद् भवनअघि टेम्पो रोकिने बेला ‘ह्यान्ड ब्याग’ बाट लोगो (सांसदले लगाउने निसानी) निकालिन् । साडीको आँचलमा सिउरिइन् । टेम्पोभित्रैबाट भाडा दिइन् र ओर्लिइन् । केही दिनदेखिको निरन्तरको पानीले सडक हिलाम्मे थियो ।

प्रतिनिधित्व बढ्यो, विभेद घटेन

नरहरिनाथ–१ का ५७ वर्षीय डिल्ली कामीलाई घरमा काम गर्न नआएको भन्दै गत माघमा स्थानीय चन विष्ट र उनका भाइ नरेन्द्रले कुटपिट गर्दा एउटा दाँत भाँचियो । आँखा, छाती र खुट्टामा चोट लाग्यो । कुटपिटको ३ दिनपछि आफन्तले बोकेर सदरमुकाम मान्म पुर्‍याई प्रहरीमा उजुरी दिए पनि अन्तिममा मिलापत्र गर्नुपर्‍यो । 

बालक पनि यौन शोषणमा

–२०७५ साउनमा बालयौन दुराचारमा दुई फ्रान्सेली नागरिक पक्राउ परे । स्वदेश फर्किन लागेका ४२ वर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ वर्षीय मिचेल चुपाउलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गौशालाबाट पक्राउ गरेको थियो । कागेश्वरी मनहरामा डेरा लिई बस्ने उनीहरूले त्यसैलाई बालयौन दुराचारको थलो बनाएका थिए । चुपाउ यसअघि पनि बालयौन दुराचारकै आरोपमा समातिइसकेका थिए । उनीहरूले बालकलाई फुटबल, चकलेट, स्पोर्ट्स ड्रेस किनिदिने, स्विमिङ पुलमा पौडी खेल्न लैजाने जस्ता प्रलोभनमा पारी यौन दुराचार गर्दै आएका थिए । 

डेढ सय व्यक्तिका पदक खारेज हुँदै

विभूषित व्यक्ति सम्पर्कमै नआएपछि सरकारले करिब डेढ सय जनालाई प्रदान गरेको मानपदवी (तक्मा) रद्द गर्ने भएको छ । पछिल्लो ९ वर्षमा प्रदान गरिएका १ सय ४२ पदक गृहमै बेवारिस छन् । सिफारिस व्यक्तिलाई मानपदवी ग्रहण गर्न पटकपटक आग्रह गरिए पनि बेवास्ता गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

‘विकासबाट ठगिएकालाई सी विचारधारा’

नेकपाका नेताहरूले नेपाल जस्तो समाजवादउन्मुख मुलुकका लागि चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङको विचारधारा प्रभावकारी हुने बताएका छन् । कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोह समितिले शनिबार राजधानीमा गरेको कार्यक्रममा सीको विचारधारा र त्यसले नेपाललाई पार्ने प्रभावबारे बहस सुरु गर्दै उनीहरूले त्यस्तो धारणा व्यक्त गरेका हुन् । 

सीसीपीसँगको सम्मेलनबारे नेकपामा छलफल

सत्तारूढ नेकपा सचिवालयको शनिबारको बैठकमा चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) सँगको संयुक्त आयोजनामा हुन लागेको प्रशिक्षण सम्मेलनका विषयमा छलफल भएको छ । बैठकमा पार्टी स्कुल विभाग प्रमुख तथा सचिवालय सदस्य ईश्वर पोखरेलले सोमबार र मंगलबार हुन लागेको सम्मेलनबारे जानकारी गराएको सचिवालय स्रोतले जनाएको छ ।

प्रदेश

ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु

कान्तिपुर संवाददाता

कोसी राजमार्गको धरान–भेडेटार खण्डमा ट्रकको ठक्करले स्कुटर चालक युवकको मृत्यु भएको छ । 

पशु स्वास्थ्यमा औषधि अभाव

कान्तिपुर संवाददाता

तेह्रथुम, धनकुटा र संखुवासभाका किसानले सेवा लिने वसन्तपुरमा रहेको पशु सेवा केन्द्रमा औषधि नहुँदा पशुपालक किसान समस्यामा परेका छन् । केन्द्रमा जुम्राको औषधि समेत छैन । हाल लालीगुराँस नगरपालिका अन्तर्गत रहेको पशु सेवा शाखामा गत साउनयता पशु वस्तुका लागि कुनै पनि प्रकारको सामान्य औषधि छैन ।

राजनीतिसँगै व्यवसायमा युवा नेता

डम्बरसिं राई

तरुण दल खोटाङका अध्यक्ष भीषण राई बिहानदेखि दिनभर मजदुरसँगै हुन्छन् । आफूले लिएको ठेक्का (भवन निर्माणको काम) सक्न यतिखेर चटारोमा छन् । यसबाहेक फेन्सी पसल र जिम खानामा राईको वैकल्पिक पेसा गर्छन् ।

कहिले हट्ला विभेद ?

सुम्निमा चाम्लिङ

इटहरी उपमहानगर वडा ४ ले गत वर्ष ज्येष्ठ नगारिक भ्रमण कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रम संयोजक दलित महिला जनप्रतिनिधि पार्वती बराइली थिइन् । भ्रमणका बेला बराइलीले ज्येष्ठ नागरिकलाई खानेकुरा बाँड्ने क्रममा असजिलो भयो । दलित भएका कारण कतिपय ज्येष्ठ नागरिकले खान अस्विकार गरे । उनी आफै दलित अधिकारकर्मी भए पनि कतै उजुरी गरिनन् । बरु जेठ २१ गते जातीय छुवाछूत उन्मुलन दिवसमा वडामा सहभोज कार्यक्रम आयोजना गरिन् ।

छथरलाई ६० लाख

कान्तिपुर संवाददाता

छथर क्षेत्रको पर्यटन विकासका लागि गाउँपालिकाले चालु वर्षमा ६० लाख रुपैयाँ खर्च गर्ने भएको छ । पर्यटकीय गतिविधि सञ्चालनका लागि योजना तय गर्दै बजेट विनियोजन गरेको हो । 

पर्यटकीय क्षेत्रमा पूर्वाधार अधुरै

कुम्भराज राई

स्कुल पढ्दै ‘मेरो प्यारो ओखलढुंगा’ कविता पढेका काठमाडौंका जेनिस श्रेष्ठ त्यसैको अवलोकन गर्न यहाँ आइपुगे । उनले कवितामा कल्पना गरे जस्तो मन भुलाई हाल्ने ठाउँ भने सदरमुकाम आसपासमा खासै भेटेनन् । ‘प्राकृतिक रूपले कवितामा जत्तिकै सुन्दर लाग्यो ।’ जेनिसले भने, ‘तर आकर्षक पूर्वाधार बनाएर हामी जस्तो बाहिरबाट घुम्न आउनेलाई अडिन मन लाग्ने ठाउँ बनाएको पाइन ।

प्रदेश १ बाट थप

पौरखले गाडी मालिक

अवधेशकुमार झा

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ८ तोपाका राजाराम मण्डल १६ वर्षको हुँदा भारतीय ट्रक चालक गौतम गुरुजीका सहचालक बनेका थिए । त्यतिबेला महिनाको १ सय रुपैयाँ कमाउँथे । सहचालक भएर ट्रकमा जाँदा कहिलेकाहीं लेबरको पनि काम गर्थे, गाडी बिग्रँदा सामान्य मेकानिकको पनि काम गर्थे । चार वर्षसम्म निरन्तर उनी सहचालक र लेवर भएर काम गरे । 

अध्यक्षका चालकमाथि आक्रमण

कान्तिपुर संवाददाता

देवताल गाउँपालिकाका अध्यक्ष चन्दनकुमार सिंहका चालकमाथि बिहीबार अज्ञात समूहले आक्रमण गरेको छ । गाउँपालिकाका ४ नम्बर वडाका वडाध्यक्ष मिश्रीलाल सहनीलाई उनको घर पिप्राढी छोडेर कलैया आउने क्रममा गौडा कुरेर बसेको समूहले आक्रमण गरेका हुन् ।

जितियामा लैंगिक समानता

रवीन्द्र उप्रेती

तराई–मधेशका महिला जितिया मनाउन निराहार व्रत बसेका छन् । व्रतालुले शनिबार सूर्योदयपूर्व दिवंगत पितृको स्मरण एवं आराधना गरी घिरौलाको पातमा चढाएको दही–च्युरा, फलफूललगायतका प्रसाद सपरिवार ग्रहणपछि जितिया सुरु गरे । 

नाकामा हेल्प डेस्क

कान्तिपुर संवाददाता

सशस्त्र प्रहरी बल नेपाल र आफन्त नेपालले बिहीबार वीरगन्ज भन्सार कार्यालयको मूलगेटबाट भारततर्फ जाँदै गरेका २ युवा युवतीलाई फिर्ता पठायो । पर्सा जिल्ला घर भएका करिब २०–२१ वर्षका युवा–युवती आफन्तलाई कुनै जानकारी नदिई लुकिछिपी जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि स्थानीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी राजस्व भन्सार गस्ती गुल्मका प्रमुख डीएसपी अमरबहादुर खत्रीले बताए ।

भेन्टिलेटर नहुँदा उपचारमा समस्या

कान्तिपुर संवाददाता

नारायणी अस्पतालको आकस्मिक कक्षमा भेन्टिलेटर नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या भएको छ । 

जितिया पर्व सुरु

कान्तिपुर संवाददाता

जितिया पर्व तराई–मधेसमा शुक्रबारदेखि सुरु भएको छ । पवित्र नदी तथा जलासयमा स्नान गरी शुद्ध पवित्र बनेका ब्रतालुहरू शनिबार बिहानैदेखि निराहार ब्रत बस्दै छन् । 

प्रदेश २ बाट थप

अझै खुलेन पासाङल्हामु मार्ग

कान्तिपुर संवाददाता

पहिरोले अवरुद्ध पासाङल्हामु मार्गको राम्चे–ग्राङ सडक खण्ड अझै सुचारु हुन सकेको छैन । कालिका गाउँपालिका–१ नाकुरदुङमा भदौ २५ मा सडक भासिँदा पासाङल्हामु मार्ग अवरुद्ध बनेको भएको हो । 

११४ शौचालय चाहिनेमा ३७ मात्रै

सीमा तामाङ

जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले काठमाडौंमा पर्याप्त सार्वजनिक शौचालयबिनै जिल्लालाई खुला दिसामुक्त घोषणा गरेको छ । 

विद्यार्थीको भरमा ट्रमा सेन्टर

फातिमा बानु

नर्सिङ कर्मचारी प्रदेश र स्थानीय तहमा समायोजन भएर गएपछि ट्रमा सेन्टर विद्यार्थी (नर्स पढ्दै गरेको) को भरमा चलिरहेको छ । नर्स अभाव र विद्यार्थीका अस्पतालको ओपीडीदेखि शल्यक्रिया सेवा प्रभावित भइरहेको छ । 

जरिवाना तिराएर नक्सापास

कान्तिपुर संवाददाता

मध्यपुर थिमि नगरपालिका क्षेत्रमा अनियमित रूपमा बनेका घरलाई जरिवाना लिएर नक्सापास गरिने भएको छ । नगरको तेस्रो नगरसभाले अनियमित रूपमा बनेका भवनको जग्गाको मूल्यांकनका आधारमा ५ प्रतिशत अतिरिक्त शुल्क लिएर नक्सापास गर्न लागेको हो । 

बसको ठक्करले पैदलयात्रुको मृत्यु

रमेशकुमार पौडेल

बसले ठक्कर दिँदा गएराति नारायणगढ मुग्लिन सडक खण्डको जुगेडीमा एकजना पैदलयात्रीको ज्यान गएको छ । काठमाडौंबाट रोल्पा जान नारायणगढ तर्फ आउँदै गरेको ना ४ ख २६०७ नम्बरको बसले अन्दाजी २७\२८ वर्षको एकजना पुरुषलाई ठक्कर दिएको थियो । राति साढे १२ बजे जुगेडी भतेरीमा ठक्कर दिएर गम्भीर घाइते भएका ति व्यक्तिलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ ।

भरतपुर-१६ का वडाध्यक्षकाे निधन

रमेशकुमार पौडेल

भरतपुर महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष चतुर्मान गुरूङकाे शनिबार निधन भएकाे छ । 

प्रदेश ३ बाट थप

सिङ्गो गाउँमा अर्गानिक तरकारी

कान्तिपुर संवाददाता

तनहुँको व्यास नगरपालिका–१४ को सिंगो गाउँमा अर्गानिक तरकारी खेती हुने गरेको छ । केही वर्षअघिसम्म बजारबाट तरकारी ल्याएर खाने स्थानीय यतिबेला भने बारीमा अर्गानिक तरकारी खेती गर्न थालेका हुन् । 

शीतभण्डार बन्दै

कान्तिपुर संवाददाता

स्याङ्जाको पुतलीबजार नगरपालिका–११ जैसीडाँडामा करीव ८ करोडको लागतमा व्यवस्थित शीतभण्डारको निर्माण कार्य पुन: सुरु भएको छ । बजेट अभावमा निर्माण रोकिएकोमा सहकारी विभाग र गण्डकी प्रदेश सरकारले बनाउन लागेका हुन् । 

नारायणी छाडेर गाउँमै माछापालन

नवीन पौडेल

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१३ का हुमबहादुर मुसहरको केही वर्षअघिसम्म नारायणी र आसपासको खोलामा माछा मारेर जीविका चल्थ्यो । वर्षातको समयमा नदी आसपासको जग्गामा धान, मकै र तरकारी खेती लगाए पनि उनको जीविका चलाउने मुख्य आधार माछाबाट हुने आम्दानी थियो । 

नाम उपभोक्ता, काम ठेक्का

प्रकाश बराल

बलेवास्थित पाठकथर रोकायापाला खानेपानी आयोजनाको लागत उपभोक्ता समितिमार्फत ४० लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको थियो । समितिले निर्माणको काम रेग्मी कन्स्ट्रक्सनलाई ठेक्कामा दियो । 

कांग्रेस कार्यकर्ताको नेतालाई सुझाव : गुट उपगुटको अन्त्य गर्नुस्

हरिराम उप्रेती

गुट उपगुटको अन्त्य गरी एकताबद्घ भएर अघि बढ्न कांग्रेस कार्यकर्ताले नेताहरुलाई सुझाएका छन् । कांग्रेस गोरखाले भदौ २४ देखि सुरु गरेको जागरण अभियानमा सहभागी कार्यकर्ताले पार्टीलाई सृदढ बनाउन पार्टीभित्रै एकताबद्ध हुनुको विकल्प नरहेको बताए ।

बसको ठक्करबाट युवकको मुत्यु, पृथ्वीराजमार्ग अवरुद्ध 

प्रताप रानामगर

पृथ्वीराजमार्ग पर्ने तनहुँको आँबुखैरेनी बजार क्षेत्रमा बसको ठक्करबाट शनिबार एक युवकको मृत्यु भएको छ । पोखराबाट मुग्लिनतर्फ जाँदै गरेको लु १  ख ८००२ नम्बरको बसले सोही दिसाबाट आउँदै गरेको बा ९९प १४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

गण्डकी बाट थप

बागेश्वरीको सम्पत्ति सार्वजनिक

कान्तिपुर संवाददाता

नेपालगन्जस्थित बागेश्वरी मन्दिरको व्यवस्थापन गुठीले २० वर्षपछि चलअचल सम्पत्तिको विवरण सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमार्फत शनिबार दुई वर्ष यताको चलअचल सम्पत्तिको अवस्था सार्वजनिक गरिएको हो । 

स्याउलीबाङमा पुगेन मोटरबाटो

कान्तिपुर संवाददाता

नौबहिनी गाउँपालिका–१, स्याउँलीबाङका स्थानीयको गाडीमा यात्रा गर्ने सपना वर्षौंदेखि अधुरै छ । पैदल हिंड्ने सडक पनि ठाउँठाउँमा पहिरो जाँदा जोखिम मोलेर हिंड्नुपरेको छ । खबाङ, लिघा, डाम्रीवासीलाई बर्खामा बजार झर्नसमेत सास्ती छ ।

घरघरै जर्किनमा पेट्रोल

मधु शाही

नरैनापुर गाउँपालिका–४ की मोहना राई र छोरी आमियाबीच सामान्य विषयमा झगडा भयो । १७ वर्षीया आमियाले आमालाई आत्महत्या गर्ने धम्की थिइन् । घरमा बेच्न राखिएको बोतलको पेट्रोल ल्याइन् र शरीरभरि छर्किइन् । ‘मर्छु भन्दै सलाई कोर्न थाली,’ मोहनाले एक वर्षअघिको घटना सम्झिइन्, ‘डरले आत्तिएँ, त्यस दिनदेखि पेट्रोल नै बेच्न छाडें ।’ 

विद्युतीय हाजिरीको प्रयोग सीमित

कान्तिपुर संवाददाता

पाँच महिनाअघि सिस्ने गाउँ कार्यपालिकाले गाउँपालिकाभित्रका ३८ मध्ये ९ विद्यालयमा हस्तलिखित हाजिरी विस्थापित गरेर डिजिटल हाजिरी सुरु गर्ने निर्णय गरेको थियो । विद्यालयमा डिजिटल हाजिरी जडान गरेर शिक्षक तथा कर्मचारीको उपस्थिति प्रविधिमैत्री बनाउने निर्णय गरे पनि अहिलेसम्म चार विद्यालयमा मात्रै कार्यान्वयनमा आएको छ । गत वैशाख ५ र ६ गते बसेको कार्यपालिका बैठकले २ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेर डिजिटल हाजिरी खरिद र जडान गर्ने निर्णय गरे पनि पाँच विद्यालयले अहिलेसम्म कार्यान्वयनमै ल्याउन सकेका छैनन् ।

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

दुर्गालाल केसी

घोराहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

प्रतिबन्धित पेय पदार्थ छ्यापछ्याप्ती

कान्तिपुर संवाददाता

सरकारले प्रतिबन्ध लगाएका विभिन्न स्वादका शक्तिवर्द्धक जुस बजारमा छ्यापछ्याप्ती बिक्री भएको पाइएको छ । बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका सेन्थेटिक फ्लेवर र इनर्जी जुसले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै सरकारले गत असारदेखि बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो । 

प्रदेश ५ बाट थप

हुँदैन बजार अनुगमन

कान्तिपुर संवाददाता

कञ्चनपुर र डडेलधुरामा लामो समयदेखि बजार अनुगमन ठप्प छ । महेन्द्रनगर बजार क्षेत्रमा चाडपर्वका बेला मात्रै भए पनि विगतका वर्षमा अनुगमन हुने गरेको थियो । यस वर्ष भने हालसम्म कुनै सुरसार छैन । स्थानीय तह सञ्चालन ऐन २०७४ ले बजार अनुगमनको अधिकार स्थानीय तहलाई दिएकोले प्रशासनले अनुगमन नगरेको हो । स्थानीय सरकारले पनि अनुगमन संयन्त्र बनाउन सक्ने अधिकार छ तर जनप्रतिनिधि उदासीन छन् ।

सांसदले ल्याए औषधि

कान्तिपुर संवाददाता

औषधि अभाव भएको दुई महिनापछि जाजरकोट अस्पतालमा औषधि पुगेको छ । यहाँबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभाका सांसदयद्वय गणेशप्रसाद सिंह र कृष्णा शाह औषधि बोकेरै अस्पताल आएका छन् । अस्पतालमा औषधि अभाव भई बिरामीको उपचारमा समस्या भएको भन्ने गुनासो बढेपछि आफैंले लिएर आएको उनीहरूले बताए ।

जथाभाबी खोटो संकलनले मासिँदै सल्लेरी

भीमबहादुर सिंह, विप्लव महर्जन

सल्यान सदरमुकाम खलंगास्थित जिल्ला अस्पताल छेउमा रहेको सल्लेरी वनमा मसिना सल्लाको रूखमा चोट बनाएर खोटो निकालिँदै आएको छ । खोटो संकलन कार्यविधिअनुसार ३० सेन्टिमिटरभन्दा कमको सल्लाको रूखबाट खोटो निकाल्न मिल्दैन । नजिकै डिभिजन वन कार्यालय भए पनि कर्मचारीको ध्यान पुगेको छैन । 

डेंगुका कारण भारतमा एक नेपालीको मृत्यु

विप्लव महर्जन

मजदुरी गर्न भारतको राजकोट गएका बन्गाडकुपिण्डे नगरपालिका ७ सिम्तीगैराका वर्ष २१ नेखिराम नेपालीको डेंगु रोगका कारण मृत्यु भएको छ । ५ महिनाअघि मात्र मजदुरीका लागि भारतको राजकोट गएका उनको राजकोट अस्पतालमै मृत्यु भएको हो । 

जनप्रतिनिधि पुगे घरदैलोमै

तृप्ति शाही

पाटन नगरपालिका ९ का जनतिनिधिहरू घरदैलो अभियानमा जुटेका छन् । वडाका बासिन्दाका समस्या तथा गुनासा सुन्न वडाध्यक्षसहित सबै प्रतिनिधिहरू गाउँघरमा पुगेर घरदैलो अभियान सुरु गरेका हुन् ।

लघुवित्तको चर्को ब्याज : किस्ता तिर्नै धौ–धौ

कान्तिपुर संवाददाता

होटेल चलाउँदै आएकी बारेकोट गाउपालिका १, धौलाकोटकी एलिना बोहरालाई मासिक २६ हजार रुपैयाँ किस्ता तिर्न धौधौ परेको छ । उनले ४ वटा लघुवित्तबाट साढे १८ प्रतिशत ब्याज तिर्नेगरी ६ लाख रुपैयाँ ऋण लिएकी छिन् । उनलाई प्रत्येक महिनाको निर्धन लघुवित्तमा ५ हजार २ सय, ज्योति लघुवित्तमा ६ हजार, एनआइसी एसियामा १० हजार ६ सय र किसान माइक्रोफाइनान्समा ५ हजार रुपैयाँ किस्ता तिर्नुपर्छ । 

कर्णाली बाट थप

तिंकरमा झोलुंगेको योजना

मनोज बडू

दार्चुलाको तिंकर सडकसँग जोड्न दुहु गाउँपालिकाले बहुउद्देश्यीय झोलुंगे पुल निर्माण सुरु गरेको छ । बञ्जीजम्पको लागिसमेत उपयोग हुनेगरि प्रदेशकै सर्वाधिक उचाई र लम्बाईको पुल निर्माण हुन लागेको हो । 

झुलाघाट पुल बनाउन माग

कान्तिपुर संवाददाता

बैतडीका संघीय सांसद दामोदर भण्डारीले नेपाल–भारत सीमानाको झुलाघाटमा पक्की पुल निर्माणका विषयमा शनिवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेका छन् । पुल निर्माणको मागसहित जिल्लामा रिले अनशन जारी छ । पुल नबन्दा सुदूरपश्चिमका नागरिकले समस्या झेलिरहेको विषयमा छलफल भएको हो । 

मूल्यवृद्धि अचाक्ली, डडेलधुरा आक्रान्त 

कान्तिपुर संवाददाता

बजेट आउन दुइ महिना बाँकी छँदै दैनिक उपभोग्य वस्तुलगायतमा सुरु भएको मूल्यवृद्धि चाडबाड नजिकिँदै जाँदा झन् आकाशिएको छ । तराईका कैलाली, कञ्चनपुर र पहाडी जिल्लामा महँगी अचाक्ली बढेको हो । 

नेपालीबाटै लुटिन्छन् कामदार

कान्तिपुर संवाददाता

भारतको सिमलामा मजदुरी गरेर घर फर्किन लागेका जाजरकोटका ६३ वर्षीय वीरबहादुर रावल महेन्द्रनगर बजारमा अलपत्र अवस्थामा भेटिए । ५ महिनाअघि कामको खोजीमा भारत पसेका उनी घर फर्किंदा ल्याएको नगद र अन्य सामान सबै लुटिएपछि अलपत्र परेका हुन् । 

नमुना बन्यो बादी टोल 

वसन्तप्रताप सिंह

हरिना बादी, उमेर ४० वर्ष । ३१ वर्ष पहिला उनले पहिलोपटक चैनपुर टेकेकी थिइन् । ‘मारे पाप पाले पुण्य’ भन्दै, उनका आमाबुवाले ९ वर्षकै उमेरमा चैनपुरका पदम बादीसँग बिहे गराइदिए ।

भुवा नाचको रौनक : एक हातमा तरबार, अर्कोमा ढाल

निर्मला खडायत

नेपाली पोसाकमा सजिएका पुरुषहरू एक हातमा तरवार र अर्को हातमा ढाल समातेर मञ्च अगाडि आइपुगे । उनीहरू शुक्रबार धनगढीमा आयोजित संविधान दिवसको कार्यक्रममा सुदूरपश्चिमका पहाडी जिल्लामा खेलिने भुवा नाच प्रस्तुत गर्ने तयारीमा थिए । 

सुदूरपश्चिम बाट थप

एक स्थानीय तह, एक उद्योग ग्राम : समन्वय नहुँदा कार्यान्वयन भएन 

अघिल्लो वर्ष गण्डकी प्रदेशले ८५ वटै स्थानीय तहमा उद्योग ग्राम सञ्चालन गर्ने घोषणा गर्‍यो । प्रदेश सरकारले अघिल्लो वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेको यो शीर्षकमा बजेट पनि छुट्याइयो । 

पुराना खेलाडीलाई सम्मान गरिने

उज्ज्वल–तारा स्कुलले पुराना धावक जितबहादुर केसी र धाविका विमला रानामगरलाई ‘उज्ज्वल–तारा सम्मान २०७६’ बाट सम्मान गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका– ९मा रहेको विद्यालयका संस्थापक सल्लाहकार विष्णु कार्कीले असोज ११ गते शनिबार काँडाघारीमा हुने दौड प्रतियोगिताका अवसरमा पुराना खेलाडीलाई नगदसहित सम्मान गर्ने घोषणा गरे । दुवैले जनही ११ हजार १ सय ११ रुपैयाँ पाउने छन् ।

गल्फ खेलाडी सांघाईतिर

१३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको गल्फ खेलाडीले चीन र थाइल्यान्डमा हुने प्रतियोगितामा भाग लिने भएका छन् । बन्द प्रशिक्षणमा रहेका ५ मध्ये ३ खेलाडीले असोज ९ देखि १२ सम्म चीनको सांघाईमा हुने एसियन एमेच्योर गल्फमा सहभागिता जनाउने छन् । उनीहरूसहित अन्य दुई खेलाडीले असोज १४ देखि १७ सम्म हुने ८५ औं थाई एमेच्योर ओपन च्याम्पियनसिपमा सहभागी हुनेछन् ।

सिटीको ८ गोल

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार पुनरागमन गर्नेक्रममा शनिबार वाटफोर्डलाई ८–० ले पराजित गरेको छ । गत साता नर्विचसँग अप्रत्यासित रूपमा पराजित भएपछि सिटी अग्रताको दौडमा लिभरपुलभन्दा पछाडि परेको थियो । 

धरान क्लब क्वाटरफाइनलमा

डाँगीहाट युथ क्लबको आयोजनामा शनिबार तेस्रो लक्ष्मीमार्ग आमन्त्रण गोल्डकप फुटबल प्रतिोयोगिता मोरङको लक्ष्मी खेल मैदानमा सुरु भएको छ । उद्घाटन खेलमा धरान फुटबल क्लबले आयोजकलाई टाइब्रेकरमा ४–३ ले हराएर क्वाटरफाइनल तय गर्‍यो । अब धरानले मदन भण्डारी ऐकेडेमी काठमाडौं र गोर्खा ब्वाइज बुटवलको विजेतासँग सेमिफाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ । 

ओमानमा संविधान दिवस मनाइयो

ओमनस्थित नेपाली दूतावासको आयोजनामा संविधान दिवस मनाइएको छ । बिहीबार साँझ आयोजना गरिएको कार्यक्रममा ओमनको वातावरण तथा मौसम मामिलामन्त्री मोहम्मद विन सलिम विन अहम्द अल टोवी सहभागी थिए ।

नीर शाहलाई सलाम

नीर शाहका अनेक छवि छन् । चलचित्रकर्मी, रंगकर्मी, गीतकार, प्राज्ञ । ‘पर्खिबसे आउला भनी...’, ‘छोरी मलाई भागी भागी नसताऊ...’ ‘गहिराइमा डुब्दै नडुब...’, ‘प्यारी बसन्ती...’, ‘को हो त्यो जसले मलाई...’, ‘अर्को जुनी चाहिँदैन मलाई...’ जस्ता लोकप्रिय गीतका स्रष्टा शाह नै हुन् । उनै स्रष्टा शनिबार रेडियो कान्तिपुरमा आफ्ना गीतसहित प्रत्यक्ष प्रस्तुत भए । रेडियो कान्तिपुरले वरिष्ठ स्रष्टाहरूको सम्मानमा गर्दै आएको ‘सलाम जिउँदो इतिहासलाई’ कार्यक्रमको १७ औं शृंखलामा शाहलाई सम्मान गरिएको हो । 

तस्बिरमा द्वन्द्वका पीडा

कालिकोटको तिलागुफा–३ मा द्वन्द्वका बेला लुकाएर राखिएको बम बारी खन्ने क्रममा विस्फोट हुँदा स्थानीय आनन्द पाण्डेले २०६७ असार २ गते दुवै आँखा गुमाए । यस्तै, दाङको लमही–२ की अनिता चौधरीले २०६३ को माघी पर्वमा बंगुर काटेको हेर्ने क्रममा बम विस्फोट भएर दायाँ हात गुमाइन् । यस्तै, कपिलवस्तुको बुद्धभूमि–२ की तुल्सी परियारले २०६२ वैशाख २ गते जनयुद्धकालमा सेनाले बिछ्याएको बारुदी सुरुङ पड्कँदा बायाँ खुट्टा गुमाइन् ।

पत्रकार अनुपले ल्याए ‘संसारै बैमानी’

गतवर्ष ‘वारिको डाँडामा म’ गीतसहित गायकको परिचय बोकेर उदाएका पत्रकार अनुप ओझाले शुक्रबार दोस्रो गीत ‘संसारै बैमानी’ सार्वजनिक गरेका छन्  ।

जितियामा डेंगु सन्देश

चितवनमा डेंगु रोगको संक्रमण अझै रोकिएको छैन । पर्वहरू भने धमाधम आइरहेका छन् । त्यसै क्रममा शुक्रबाट जितिया पर्व सुरु भएको छ । यो पर्व थारू र मधेसी समुदायका महिलाले धुमधामका साथ मनाउँछन् । यहाँका थारू समुदाय व्रत बस्ने, पूजा गर्ने, मीठा परिकार खाने र गीत गाएर नाच्ने गर्छन् । यो वर्ष आइतबार जितिया परेको छ । तर गीत र नाँचको रौनक चितवनका थारू बस्तीमा साताअघिबाटै सुरु भयो । 

बालकोटमा रहेको कपास उद्योगमा आगलागी, २५ लाख क्षतिको अनुमान 

सूर्यविनायक नगरपालिका २ बालकोट सागबारीमा रहेको कपास उद्योगमा आगलागी भएको छ । आइतबार बिहान करिब ५ बजे सुरू भएको आगो स्थानीय, प्रहरीले करिब पौने ३ घण्टामा निभाएका भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले बताए ।

आतंकवादीप्रति कडा बन्दै अस्ट्रेलिया

आतंकवादप्रति पछिल्लो समयमा कडा बन्दै आएको अस्ट्रेलियाले आतंकवादी कार्यमा संलग्न र दोषी ठहर भएकाहरूको नागरिकता खारेज गर्ने कानुन निर्माण गर्ने भएको छ । नयाँ नियमानुसार आतंकवादको घटनामा संलग्न तथा दोषी ठहर र दोहोरो नागरिकता भएका व्यक्तिको नागरिकता खारेज हुने व्यवस्था कायम गरिँदै छ । 

साउदीमा अमेरिकी सेना खटिने

अमेरिकाले साउदी अरबमा सेना परिचालन गर्ने भएको छ । गतसाता साउदी अरबका तेल प्रशोधन केन्द्रमा आक्रमण गरिएको आक्रमणपछि अमेरिकाले उक्त निर्णय गरेको हो । 

क्याम्ब्रिज एनालिटिका काण्ड : फेसबुकद्वारा दसौं हजार एप निलम्बित

फेसबुकले दसौं हजार एप निलम्बन गरेको जनाएको छ । राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले करोडौं प्रयोगकर्ताका व्यक्तिगत तथ्यांक दुरुपयोग गरेको विषयमा अनुसन्धान गर्न ती एपहरू निलम्बन गरिएको फसबुकले जनाएको छ ।

राष्ट्रसंघीय महासभामा चहलपहल

संयुक्त राष्ट्रसंघको ७४ औं महासभा सेसन न्युयोर्कस्थित मुख्यालयमा सुरु भएको छ । महासभामा मंगलबारदेखि उच्च स्तरीय बैंठकहरू सुरु हुने छन् । महासभाका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आइतबार न्युयोर्क आइपुग्दै छन् ।

अमेरिकी प्रतिबन्धपछि पनि हुवावे निकै बलियो 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी प्रविधि प्रयोग गर्न नदिने चेतावनी दिनुअघि नै सम्भावित खतरालाई विचार गरी हुवावेले प्रविधि अनुसन्धानका कार्यमा लगानी बढाएको छ । अमेरिकी प्रविधिसँगको निर्भरता तोड्ने उद्देश्यसहित हुवावेले गरिरहेको लगानीले अमेरिकी कम्पनीहरुलाई हुवावेसँगको सम्बन्धका बारेमा सोच्न बाध्य बनाएको छ ।

आइफोन-११ सार्वजनिक, यस्ता छन् विशेषता

एप्पलले आफ्नो नयाँ मोडलका फोनहरु सार्वजनिक गरेको छ । म‌ंगलबार अमरेकिको क्यालिफोर्नियामा आयोजित एक कार्यक्रमकाबीच एप्पलले आईफोन-११, आईफोन-११ प्रो र आईफोन-११ प्रो म्याक्स सार्वजनिक गरेको हो ।

रुसको पहिलो 'ह्युमनोइड' रोबोट अन्तरिक्ष केन्द्रमा

रुसले पहिलो मानवाकृत (ह्युमनोइड) रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा मंगलबार स्थापना गरेको छ । गत साता रुसको यो अभियान असफल भएको थियो । फेदोर नाम दिइएको मान्छेकै शरीर जत्रो रोबोटले मानिस झै यताउता हिँड्ने र वरपरबाट सामान ल्याउने राख्ने कार्य गर्दछ । यसले खासगरी अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकलाई काममा सघाउनेछ ।

कान्तिपुरकर्मीलाई आईसीटी अवार्ड

लामो समयदेखि सूचना प्रविधि क्षेत्रमा काम गरिरहेको लिभिङ विथ आईसीटीले शनिबार विभिन्न १० विधामा अवार्ड वितरण गरेको छ  । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ नारासहित भएको अवार्ड कार्यक्रममा विभिन्न व्यक्ति र संस्थाहरूलाई सम्मान गरिएको हो  ।

पृथ्वी नजिकैबाट गयो आकशीय पिण्ड, ठूलो दुर्घटना टर्‍यो

सय तलाको भवनभन्दा ठूलो एउटा आकशीय पिण्ड पृथ्वीमा झर्ने खतरा हालका लागि टरेको छ । वैज्ञानिकहरु यो पिण्ड पृथ्वीमा खस्ने सक्ने भन्दै चिन्तित थिए । यो पीण्ड आइफल टावरभन्दा ठूलो थियो । 

साताका ७ तस्बिर

यो साता इकान्तिपुर डटकममा संविधान दिवस र वर्षासँग सम्बन्धित तस्बिरहरुले प्राथमिकता पाएका छन् । यस्तै जलकुम्भीले ढाकेको फेवातालको तस्बिरले पनि चर्चा पायो । यस्तै, भारतबाट आएका कामदारहरुले च्यासलस्थित एक कारखानामा गाडीको बडि बनाउँदै गरेको, हिलाम्मे सडकमा इँटाको टुक्रा राखेर पार गर्न खोजेको, कपिलवस्तुको तौलिहवास्थित विद्यालयबाट घर फर्कदै गरेका विद्यार्थीका तस्बिरहरुले पनि प्राथमिकता पाए । इन्द्र जात्राको अवसरमा हनुमान ढोकास्थित श्वेत भैरवको प्रसादको रुपमा कथस्थ्व (जाँड) खाँदै गरेको तस्बिरले पनि चर्चा बटुल्यो ।

बल्छीमा माछी पार न हो...

चारैतिर घर । बीचमा खाली जमिन । जमिनमा उम्रेका छन् हरिया झार । बिहान र बेलुकीपख डिलमा बसेर बल्छी थाप्दैछन् एक हुल युवाहरु । लगातार गएको तीन दिन परेको पानी जमेर घुँडामुनीसम्म छ । त्यही पानीमा माछा पाइने आशामा युवाहरु बल्छी थापिरहेका छन् ।

जितियामा झाम्टा नाँच

थारु समुदायमा महिलाहरुले मनाउने पर्व जितिया चितवनमा शनिबारबाट सुरु भएको छ । जितियामा महिलाहरु झाम्टा नाँच्ने गर्दछन् । झाम्टा नाँच थारु समुदायका टोट टोलमा हप्ता १० दिनअघि नै सुरु भएको थियो । थारुहरु चितवनका मुख्य आदिवासी समुदाय हुन् । जिल्लाको समथर क्षेत्र राप्ती र नारायणी नदी किनारका इलाका र माडीमा थारुहरुको बाक्लो बसोबास छ ।

फेवातालमा जलकुम्भीको जगजगी

हरेक बर्खामा फेवाताल जलकुम्भीले ढाकिन्छ । यो वर्ष असार–साउनमा उतिसारो पानी परेन । भदौमा समेत हर्पन खोला उर्लिने गरी बढेन । भदौ अन्तिमदेखि परेका अविरल वर्षाले भने हर्पन खोला हृवात्तै बढ्यो । भदौ ३१ रातिको ठूलो वर्षाले फेवातालको उपल्लो भेगमा भएको जलकुम्भी हर्पनले बगाएर तल्लो भेगतिर ल्यायो । यतिखेर जलकुम्भीले पुरै ताल ढाकेको छ ।

लगातारको झरीले जनजीवन प्रभावित

भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशैभरी बदली हुनाका साथै वर्षा पनि भइरहेको छ । दुई दिनदेखिको लगातारको झरीले जनजीवन समेत प्रभावित बन्न पुगेको छ । हेरौं झरीमा कान्तिपुरका फोटो पत्रकारले खिचेका १५ तस्बिर :

भिक्षु भोजन

लुम्बिनीस्थित थाई विहारमा भोजन गर्दै धुतांगधारी थाई भिक्षु । धुतांगधारी भिक्षुहरु हाते झोलामा खाने सबै कुराका बन्दोबस्ती गरेर हिँड्छन् ।

ग्लाम मेटलका उत्कृष्ट

कुनै समय थियो, जति बेला केही ठूल्ठूला नाम चलेका ब्यान्डका अधिकांश पुरूष सदस्यले पनि लामा लामा कपाल पाल्थे  । यस्तो भन्दा ठ्याक्कै सन् अस्सी वरिपरिको ...

सिसाकलम

एक दिन कक्षामा सरले अनौठो प्रस्ताव राख्नुभयो  । उहाँले भन्नुभयो, ‘आज हामी नयाँ प्रयोग गरौँ है त ?’‘हुन्छ सर १,’ हामी सबैले एक स्वरमा भन्यौँ  । ...

Your browser is too old or not supported by Kantipur Daily.
You are recommended to upgrade to latest version of