कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

गुगल क्रोम : राख्‍नै पर्ने ५ एक्सटेन्सन

हेला शुक्रबार

प्रयोगकर्तामाझ सबैभन्दा चल्तीको ब्राउजर गुगल क्रोम हो । ल्यापटप र कम्प्युटरका ७० प्रतिशत बढी प्रयोगकर्ताले गुगल क्रोम चलाइरहेका छन् । सबै खालका डिभाइसका कुल प्रयोगकर्ताको ६० प्रतिशत बढीले क्रोम प्रयोग गर्ने तथ्यांक छ । प्रयोगकर्तामाझ क्रोम बढी लोकप्रिय बन्नुमा धेरै कारण छन्, त्यसमध्ये क्रोममा भएको एक्सटेन्सनको सुविधा पनि हो ।

गुगल क्रोम : राख्‍नै पर्ने ५ एक्सटेन्सन

एक्सटेन्स क्रोमले मात्रै नभई अन्य डेभलपरले पनि राख्न पाउने भएकाले यसमा धेरै सुविधा पाइन्छ । यस्तै प्रयोगकर्तालाई निरन्तर काम लाग्ने केही एक्सटेन्सन :


ग्रामर्ली

कम्प्युटरमा अंग्रेजी लेख्ने प्रयोगकर्ताका लागि अति उपयोगी एक्सटेन्सन हो ग्रामर्ली । यसले प्रयोगकर्ताले गरेको गल्तीलाई सहजै पत्ता लगाइदिन्छ र गल्तीबाट हुने क्षतिलाई कम गर्छ । यसले अंग्रेजी टाइपो र ग्रामर मिलाउँछ । प्रयोगकर्ताले अञ्जानमा गरेको गल्ती पनि पत्ता लगाइदिने भएकाले यो उपयोगी बनेको हो । संसारभरका २ करोड बढी मानिसले यसको प्रयोग गरिरहेका छन् ।



यसको प्रिमियम भर्सन पैसा तिरेर किन्नुपर्ने हुन्छ तर निःशुल्क पनि प्रयोग गर्न सकिने व्यवस्था छ । ग्रामर्ली क्रोममा राखेपछि यसले ब्राउजरमा हामीले खोल्ने हरेक प्लेटफर्ममा लेख्दा यसले टाइपो र ग्रामर चेक गरिरहेको हुन्छ । जस्तो : इमेल लेख्दालेख्दै भएको गल्ती यसले पत्ता लगाइदिन्छ ।


डाउनलोड म्यानेजर

डाउनलोड भइरहेको वा भइसकेको फाइल हेर्न क्रोममै पनि सुविधा छ । तर, डाउनलोड म्यानेजरले भने यसलाई थप सहज बनाउँछ । यसले क्रोमको माथिल्लो भागमै डाउनलोड भइरहेको र भइसकेका फाइलबारे जानकारी दिन्छ ।


यसले प्रयोगकर्तालाई आफ्नो डिभाइसमा डाउनलोड भएका फाइलहरूका बारे जानकारी दिनुका साथै डाउनलोड भइरहेका फाइल हेर्न सहज बनाउँछ ।


स्पिड टेस्ट

आफ्नो कनेक्सन कत्तिको छिटो छ भनेर जान्ने उपाय हो स्पिड टेस्ट । क्रोममा स्पिड टेस्ट एक्सटेन्सन प्रयोग गरे प्रयोगकर्ताले तत्कालै आफ्नो डिभाइसमा कत्तिको छिटो इन्टरनेट कनेक्सन छ भनेर थाहा पाउन सक्छन् ।



टेस्ट बटममा क्लिक गरेको ३० सेकेन्डभित्र यस्तो नतिजा प्राप्त गर्न सकिन्छ । सोझै स्पिड टेस्टको वेबसाइटमा गएर यस्तो जानकारी लिन सकिने भए पनि एक्सटेन्सन राख्दा बढी सहज हुन्छ ।


एचटीटीपीएस एभ्रिवेयर

डिभाइसमा धेरै खालका वेबसाइट खोलिन्छ । कुन वेबसाइट सेक्युयर हो र कुन होइन भनेर थाहा पाउनु सबैका लागि सहज नहुन सक्छ । फेरि हरेक पटक वेबसाइट खोल्दा सेक्युयर छ कि छैन भनेर हेरेर बस्ने फुर्सद पनि हुन्न ।



एचटीटीपीएस एभ्रिवेयरले भने प्रयोगकर्ताले खोल्ने वेबसाइट कस्तो छ भनेर जानकारी दिने मात्रै नभई सेक्युयर पनि बनाउँछ । यसले ब्राउजरमा खुल्ने सबै वेबसाइटलाई इन्क्रिप्टेड बनाउँछ ।


लास्टपास

ब्राउजरमा धेरै वेबसाइट मात्रै होइन, एकाउन्ट पनि खोलिन्छ । हरेक एकाउन्टको पासवर्ड हरेक पटक हाल्नु र सम्झनु गाह्रो काम हो । सबै पासवर्ड सेभ गरेर यसै छाड्दा पनि उक्त डिभाइस प्रयोग गर्ने अन्य व्यक्तिले पनि त्यसमा पहुँच पाउन सक्छन् ।


त्यसकारण प्रयोगकर्ताका लागि लास्टपास उपयोगी छ । यसले ब्राउजरमा सबै एकाउन्टको पासवर्ड सेभ गर्ने सुविधा दिन्छ र प्रयोगकर्ताले लास्टपासको पासवर्ड मात्रै सम्झिए पुग्छ ।

प्रकाशित : फाल्गुन ९, २०७६ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?