निस्क्रिय एकाउन्ट बन्द गर्ने योजना रद्द

हेलो टेक

ट्वीटरले आफ्नो प्लेटफर्ममा निस्क्रिय रहेका प्रयोगकर्ताको एकाउन्ट बन्द गर्ने योजना लागि रद्द गरेको छ । गत साता ट्वीटरले सूचना सार्वजनिक गर्दै ६ महिनाभन्दा लामो समयदेखि प्रयोगमा नरहेका एकाउन्ट बन्द गर्ने घोषणा गरेको थियो ।

निस्क्रिय एकाउन्ट बन्द गर्ने योजना रद्द

ट्वीटर प्रयोगकर्ताहरूले आलोचना गरेपछि कम्पनीले आफ्नो घोषणा कार्यान्वयन नगर्ने भएको हो । ट्वीटरले आफ्नो स्पष्टीकरण दिंदै निस्क्रिय एकाउन्ट डिलिट गरिए मृतकको एकाउन्ट पनि डिलिट हुने र यसले तिनका आफन्त तथा साथीभाइलाई चोट पुर्‍याउने बताएको छ । फेसबुकले मृतकको एकाउन्टमा आफ्नो परिवारलाई तिनका फोटो तथा पोस्टहरू हेर्ने सुविधा दिन्छ, जसमा मृतक लेखिएको हुन्छ । तर ट्वीटरमा यस्तो खालको सुविधा हालसम्म
उपलब्ध छैन ।

प्रकाशित : मंसिर २०, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?